रामायणका हनुमान दारासिँह रहेनन्


मुम्बई, असार २८ (एजेन्सी) – कुस्तिबाजबाट कलाकार बनेका दारा सिँहको आज बिहान निधन भएको छ । एकहप्तादेखि जीवन-मृत्युसँग संघर्ष गरिरहेका उनको आज बिहान सवा सात बजे निधन भएको हो । पारिवारिक डाक्टर आर. के अग्रवालले दारालाई बिहान मृत घोषित गरेका थिए ।
परिवार सुत्रले जनाए अनुसार आज दिउसो २ बजे उनको अन्तम यात्रा निकालिने छ ।  चर्चित धारावहिक श्रृखला रामायणमा हनुमानको भूमिका निर्वाह गरेका उनी स्वस्थरुपमा फर्किन कठिन भएपछि बुधबार राति अस्पतालबाट उनलाई आफ्नै घर ल्याइएको थियो ।

८४ वर्षीय उनको दिमागमा रगतको प्रवाह रोकिएपछि उपचारका लागि कोकिला बेन अस्पताल लगिएको थियो । उनको अवस्था सुधार हुने सम्भावना क्षीण भएको चिकित्सकहरुले घर लैजान सल्लाह दिएका थिए । ४ दिन अघिदेखि उनलाई आइसियुमा राखी उपचार गरिएको थियो । ‘हामीले एमआरआइ गरायौं। उनको मगजमा अक्सिजन सप्लाइ हुन सकेन,’ डा. राम नारायणले भनेका थिए ।
 

चिकित्सकहरुले उनका लागि कुनै पनि औषधीले अव काम नगर्ने बताइएका थिए । चमत्कार हुने हो भनेमात्र हो अन्यथा कुनै पनि संजिवनीले उनलाई बचाउन नसक्ने नारायणको भनाई थियो ‘उनी कोमामा पनि निदाइरहेका जस्ता छन्,’ नारायणले भने।

 Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.