Daily Archives: 12/07/2012

चर्चित कलाकार दारा सिंहको निधन


काठमाडौ, असार २८ – भारतीय कलाकार दारा सिंहको बिहीबार बिहान ८४ वर्षको उमेरमा  निधन भएको छ ।कुस्ति खेलाडीको रुपमा समेत प्रसिद्ध सिहंले भारतीय चर्चित धारावाहिक रामायणमा हनुमानको भूमिका निभाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

आफ्नो कमजोरी आफैँ खोज


कृष्ण अविरल
२८ असार, काठमाण्डौं – पूर्वराजा ज्ञानेन्द्र शाहको ‘नारायणहिटीमा र्फकनका लागि उपयुक्त मौकाको पर्खाइमा रहेको’ भन्ने आसयको अभिव्यक्ति सार्वजनिक भएपछि राजनीतिक दलका टाउके नेताहरु झस्किएका छन् । घुमाउरो भाषामा नेताहरु नालायक सावित भइसकेको भन्ने उनको भनाइ नेताहरुलाई ऐना सावित भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सेती नदीमा आएको बाढीले २० घर विस्थापित


२८ असार, कास्की – अविरल बर्षाका कारण सेती नदिमा आएको बाढीले पोखराको रामघाट क्षेत्रमा रहेका २० घर डुवानमा परेका छन् । बाढीले बस्ती डुबाएपछि, त्यहाँका वासिन्दाले घरका छतहरुमा बसेर ज्यान जोगाएका थिए । रामघाट क्षेत्रमा राती ठूलो ताल बनेको र जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र सशस्त्र प्रहरी बल कालिका गणका जवानहरुले लेकसाईडबाट डुंगा मगाई घरका छतमा बसेका व्यक्तिहरुलाईर् उद्दार गरेको स्थानियबासीले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

साउन १ देखि नेपालभर लोकल कल


असार २८- ल्यान्डलाइन टेलिफोनबाट देशभरिका मोबाइलमा पनि अब लोकल कल हुने भएको छ। टेलिकमले आगामी साउन १ देखि लोकल कल सुविधामात्र रहेका ल्यान्डलाइनबाट दिन लागेको यो सुविधा जिएसएम र सिडिएमए दुवै फोनका लागि हो। अर्को अञ्चलको मोबाइलमा फोन गर्न एसटिडी सुविधा हुनैपर्ने बाध्यता हटाएर लोकल कलको सुविधामात्र भएको फोनबाट देशभरि मोबाइलमा कल गर्न सकिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

रामायणका हनुमान दारासिँह रहेनन्


मुम्बई, असार २८ (एजेन्सी) – कुस्तिबाजबाट कलाकार बनेका दारा सिँहको आज बिहान निधन भएको छ । एकहप्तादेखि जीवन-मृत्युसँग संघर्ष गरिरहेका उनको आज बिहान सवा सात बजे निधन भएको हो । पारिवारिक डाक्टर आर. के अग्रवालले दारालाई बिहान मृत घोषित गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्