नेपाली र नेपाली मानशिक्ता


 जितेन थिङ , कुवेत

सरसरती हेर्दा कुल नेपाली युवाहरु ७५ प्रतिशत श्रम बेच्नको लागि आफ्नो परिवारको आत्मियता, स्वदेशको मायालाई चटक्क छाडेर बिदेश पलायन हुनु परेको छ जसको जिम्मेवार नेपाली स्वयम र नेपाली मानशिक्ता हो। जब सम्म स्वदेशमा रहने र बिदेशमा बसी श्रम बेचिरहेका  नेपालीहरु स्वयमले आफ्नो मानशिक्तामा परिवर्तन ल्याउन सक्दैन तबसम्म नेपालीहरुले रोजगारिको लागि कुनै तेस्रो मुलुकको मुख ताकीरहनु पर्ने हुन्छ। नेपालीहरुलाई आफ्नो मानशिक्ता परिवर्तन गर्न शायद अफ्ट्यारो हुन सक्छ तर पनि यदी जो कोहिले पनि आफु स्वयमको बौद्दिक , नैतीक, सामाजिक बातावरण स्वच्छ बनाउन चाहन्छ भने आफ्नो अहिले भएको मानशिक्ता परिवर्तन गर्नु अत्यावस्यक देखिन्छ।
विश्व परिवेशमा अहिले नेपालीहरुलाई तुच्छ नजरले हेर्न थालीसकेको छ। पहिलो र दोस्रो विश्व युद्दमा पुर्खाहरुले रगतको भल बगाएर, इमान्दारिता देखाएर “गोर्खाली” भएर आर्जेको नेपालीको उच्च छबी अहिले आएर पतन हुन थालीसकेको छ। यदी तपाईं हामीले गहिरिएर सोच्ने हो भने, सन १९०० को  दसकहरुमा नेपालीहरु त्यती धेरै शिक्षित थिएनन र आफ्नो बल बाहु लागएर इमान्दारिताको उच्च छबी स्थापित गराएका थिए। जसले गर्दा नेपालीहरुलाई विश्व परिवेशले उदाहरणको रुपमा लिएका थिए। अहिले सन २००० को दसकमा शायद नेपालीहरु केही शिक्षित छन तर पूर्ण शिक्षित हुन सकेका छैनन। त्यसैले नेपालीहरुले कुनै पनि कुराको टिका टिप्पणी धेरै कोणबाट गर्दछन र तर्क बितर्क गर्दा गर्दै त्यसलाई गलत रुपमा प्रस्तुत गर्दछन। जुन कुरा स्वदेशमा बस्ने नेपालीहरु देखी लिएर बिदेशमा बस्ने हामी नेपालीहरुमा बिद्दमान छ। शायद अंग्रेजी उखान “लिटल नोलेज इज डेन्जरस” नेपालीहरुमा ठ्याक्कै मिल्न गएको हो कि जस्तो लाग्दछ। जसको कारण अहिले नेपालीहरु विश्व परीबेशमा अपहेलित हुन पुगेको हो जस्तो लाग्दछ।

कुवेतको प्रीष्टभुमिमा पनि अहिले यस्तै स्थिती देखिन आएको छ। नेपालीहरुले आफ्नै पहिचान दिन दिनाहु  तहस नहस गर्दैछन। यदी यहाँ कुनै एउटा मुद्दाले जन्म लियो भने त्यसको  दसौ टिका टिप्पणी हुन जान्छ जसले नेपाली मानशिकतालाई परिवर्तन गराउनुको सट्टा अन्योल्ताको बातावरण सिर्जना गराएको छ। कुवेत स्थित नेपाली वेब साइटहरुमा दुई चार दिन अगाडि प्रकासित भएको दुई चार समाचार तथा लेखहरुले सरोकारवालाहरुको मानहानी भएको जस्तो देखिन्छ। शायद यस्ता समाचार तथा लेखहरुले शजक्ता प्रदान गर्नुको सट्टा ब्यग्तिगत रिसीवी र दुस्मनी पैदा हुन सक्ने देखिन्छ। जसमा लेख, समाचार रचना गर्ने तथा सम्प्रेसण गर्नुहुने सबैले सजक हुनु आवश्यक देखिन्छ।

यदी भाबी दिनहरुमा पनि हामी नेपालीहरु जो बिदेसिनु वाध्य भएका छौं सबैले संकुचित नेपाली मानशिकतालाई त्यागेर बिकाशित मानशिकताको खोजगरी अप्नाउने प्रयत्न गर्न सकियो भने शायद बिदेशमा बसेर स्वदेशको सुख साच्ने हामी नेपालीहरुले केही राहातको महसुस गर्न सकिने छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.