एमालेमा पहिचानसहितको संघीयता पक्ष र विपक्षमा मोर्चाबन्दी


जनमत संग्रहको काम पनि उठ्न थाल्यो
२७ असार,  नेकपा एमालेमा पहिचानसहितको संघीयताको माग जति चर्कोसँग उठिरहेको छ, त्यसको विरुद्ध पनि त्यति नै मोर्चाबन्दी बन्दै गएको छ । उपाध्यक्ष आशोक राईसहितका आदिवासी जनजाति र मधेसी नेताहरु जातीय पहिचासहितीको संघीयता स्वीकार नगरिए पार्टी छाड्ने धम्की दिइरहेका छन् ।

जनजाति नेताहरुको मागलाई सम्वोधन गर्न भन्दै केन्द्रीय कमिटीले बुहजातीय पहिचानसहितको प्रदेश प्रस्ताव गरेपनि जनजाति नेताहरुले नै स्वीकार गरेन नै केही नेताहरुले त्यसविरुद्ध पार्टीमा फरक मत नै दर्ता भएको छ भने केही नेताले संघीयता’bout जनमत संग्रह गर्नु पर्ने आबाज उठाएका छन् । बहुपहिचानसहितको नाम भनेपनि अन्नत जातीय पहिचान स्वीकार गरिएको भन्दै भीम रावल, रघुजी पन्त, खगराज अधिकारी, महेन्द्र पाण्डे, बेदुराम भुसाल लगायतका नेताहरुले केन्द्रीय समितिको निर्णयविरुद्ध फरक मत दर्ता गरेर अन्तरवपार्टी छलफलमा लैजान माग गरेका छन् ।

‘अहिले मतदान नै गर्ने हो भने जातीय हैन साझा नाम हुनुपर्छ भन्ने हाम्रो मागको पक्षमा बहुमत पुग्छ’ पोलिटव्युरो सदस्य भुसालले अनलाइनखबरसँग भन्नुभयो-’हाम्रो बिचारलाई अन्तर पार्टी छलफलमा लैजानु पर्छ भनेका छौं । अर्को केन्द्रीय समितिको बैठक बसेपछि यस’bout निर्णय होला ।’ प्रदीप नेपाल, पुष्प कँडेल र कर्णबहादुर थापाले भने संघीयता’bout जनमत संग्रह गर्नु पर्ने माग गर्दै आएका छन् ।

‘संघीयता हाम्रो आवश्यकता हैन । यसले जातीय, क्षेत्रीय, धार्किक साम्प्रदायिकता ल्याउँछ र देशलाई द्धन्द्धमा फसाउँछ’ कर्णले भन्नुभयो-’यसर’bout नेताहरुले मात्र निर्णय गरेर हुँदैन । जनमत लिनुपर्छ ।’ संविधानसभा अन्तरगतको राज्यको पुनःसंरचनासम्वन्धी समितिमा जातीय पहिचानसहितको १५ प्रदेशको प्रस्ताव पठाएको एमालेले माओवादीसँग मिलेर जातीय पहिचानसहितको १४ प्रदेशको प्रस्ताव बहुमतका आधारमा पास गरायो ।

तर आफ्नै प्रस्तावबाट पछि हटेको एमालेले वेनामी ७ प्रदेशको प्रस्ताव गर्‍यो भने कांग्रेससँग मिलेर मधेसमा ५ सहित १२ प्रदेशका प्रस्तावलाई पनि छलफलमा ल्यायो । आफूले मतदान गरेर पारित गरेको १४ प्रदेशको अडानमा नै रहनु पर्ने माग गर्दै जनजाति र मधेसी नेताहरुले विद्रोहको धम्की दिएपछि एमालेले पछिल्लो समय १४ प्रदेशमा रहेका जातीय राज्यहरुलाई एक अर्कामा गाभेर बहुपहिचानसहितको ७ प्रदेश प्रस्ताव गरेको छ । तर, त्यसविरुद्ध पनि आवाज चर्किँदै गएपछि अब एमालेेले कस्तो प्रस्ताव ल्याउने हो एमालेका नेताहरु नै अनविज्ञ छन् ।

 Source: Onlinekhabar

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.