२७ असार, सिन्धुली – सुँगुरले लिङ्ग टोकिदिँदा निपाने गाविस-३ का एक युवकको मृत्यु भएको छ । मंगलबार छिमेकी ध्रुबबहादुर पूर्वछानेले पालेको सुँगुरले लिङ्ग टोकिदिँदा ५६ बर्षीय टेकबहादुर सार्कीको घटनास्थलमा नै ज्यान गएको हो । कसैले हिर्काउदा बिच्किएको सुँगुरले बसेको ठाउँमा गएर टेकबहादुरको लिङ्ग टोकिदिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 11/07/2012
नेपाली र नेपाली मानशिक्ता
जितेन थिङ , कुवेत
सरसरती हेर्दा कुल नेपाली युवाहरु ७५ प्रतिशत श्रम बेच्नको लागि आफ्नो परिवारको आत्मियता, स्वदेशको मायालाई चटक्क छाडेर बिदेश पलायन हुनु परेको छ जसको जिम्मेवार नेपाली स्वयम र नेपाली मानशिक्ता हो। जब सम्म स्वदेशमा रहने र बिदेशमा बसी श्रम बेचिरहेका नेपालीहरु स्वयमले आफ्नो मानशिक्तामा परिवर्तन ल्याउन सक्दैन तबसम्म नेपालीहरुले रोजगारिको लागि कुनै तेस्रो मुलुकको मुख ताकीरहनु पर्ने हुन्छ। नेपालीहरुलाई आफ्नो मानशिक्ता परिवर्तन गर्न शायद अफ्ट्यारो हुन सक्छ तर पनि यदी जो कोहिले पनि आफु स्वयमको बौद्दिक , नैतीक, सामाजिक बातावरण स्वच्छ बनाउन चाहन्छ भने आफ्नो अहिले भएको मानशिक्ता परिवर्तन गर्नु अत्यावस्यक देखिन्छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
विदेशबाट शव झिकाउनै कठिन
सुरेन्द्र पौडेल, असार २७- साउदी अरब सरकारले बबिता घर्तीको शव बुझ्न ताकेता गरेको १० महिना पुग्यो। उसले एक साताभित्र शव नबुझे त्यहीँ गाड्ने जनाउसहितको अन्तिम पत्र परराष्ट्र मन्त्रालयलाई पठाएको छ। परराष्ट्रले राहदानीमा उल्लेख दाङको ठेगानामा घर्तीको खोजी नगरेको भने होइन। दाङको ठेगानामा न उनको परिवार बस्छ, न उनलाई चिन्ने कोही भेटिएका छन्। घर्ती परिवार नभेटिएपछि अहिले परराष्ट्र कन्सुलर शाखाका कर्मचारी साउदीलाई के जवाफ पठाउने अन्योलमा छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
एमालेमा पहिचानसहितको संघीयता पक्ष र विपक्षमा मोर्चाबन्दी
जनमत संग्रहको काम पनि उठ्न थाल्यो
२७ असार, नेकपा एमालेमा पहिचानसहितको संघीयताको माग जति चर्कोसँग उठिरहेको छ, त्यसको विरुद्ध पनि त्यति नै मोर्चाबन्दी बन्दै गएको छ । उपाध्यक्ष आशोक राईसहितका आदिवासी जनजाति र मधेसी नेताहरु जातीय पहिचासहितीको संघीयता स्वीकार नगरिए पार्टी छाड्ने धम्की दिइरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
खाजा स्वरूप पठाएको भाङसहितको पार्सल ल्याउँदा ३ वर्ष कैद, ४९ लाख जरिवाना
दोहा (कतार), असार २७ – छुट्टीमा घर गएर कतार फर्किएका एक नेपालीले दुई मुठी भाङ ल्याउँदा २ लाख ५ हजार रियाल (करिब ४९ लाख रुपैयाँ) जरिवाना र ३ वर्ष कैद सजाय भोग्नुपर्ने भएको छ । कतारमा भाङलाई लागू पदार्थका रूपमा लिइन्छ ।बागलुङको ग्वालीचौर-६, ठूलाखेतका ४८ वर्षीय लोकबहादुर जिसीलाई कतारको एक अदालतले यो सजाय तोकेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार, अरब विशेष
राष्ट्रपति समक्ष रमितै रमिता
२७ असार, राष्ट्रपति डा. रामबरण यादबसमक्ष आज भोलि गजव गजवका उजुरी र विन्तिपत्र पर्न थालेका छन् । समस्या समाधानको स्रोतको रुपमा रहनुभएका राष्ट्रपति समक्ष नौ अर्व सम्म खर्च गरेर संविधान नबनाएको भन्दै संविधान सभामा रहेका दलहरुबाट उक्त रकम दामासाही रुपमा असुल गर्न माग गर्दै निवेदन परेका छन् भने, कसैले राष्ट्रपतिले अनुमति दिएको ‘सुको’ पनि नलिईकन एक बर्षमा आम नेपालीलाई मान्य हुने संविधान बनाएर दिने प्रतिवद्धता पनि व्यक्त गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार