वैदेशिक रोजगारमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढ्यो


२६ असार, काठमाण्डौं – वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न लाग्ने शुल्क बढेको छ । नेपाल स्वास्थ्य व्यवसायी महासङ्घले अगामी साउन १ गतेदेखि लागु हुने गरी पुरुषका लागि प्रतिव्यक्ति दुई हजार ९ सय ४० रुपैयाँ र महिलाका लागि प्रतिव्यक्ति तीन हजार एकसय रुपैयाँ शुल्क निर्धारुण गरेको हो ।

सरकारले वैदेशिक रोजगारका लागि खुला गरेका मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षण हाल २ सय पाँच स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण भइरहेको छ । स्वास्थ्य परीक्षण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको ढाँचामा हुनुपर्ने प्रावधान छ । हाल स्वास्थ्य परीक्षण गर्न पुरुषका लागि दुई हजार रुपैयाँ र महिलाका लागि दुई हजार एकसय रुपैयाँ रहेको थियो ।

महासङ्घका अध्यक्ष प्रवीण तिवारीले वैदेशिक रोजगारीको स्वास्थ्य परीक्षणसम्बन्धी निर्देशिका २०६९ पनि जारी गरिएको जानकारी दिनुभयो ।

Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.