प्रकाश महिलासँग भागेको आशंका


काठमाडौं, असार २६ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश पाँच दिनदेखि रहस्यमय बेपत्ता भएका छन् । सगरमाथा आरोहणका क्रममा अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य बिना मगरसँग ‘प्रेम सम्बन्ध’ बढेको चर्चा चलिरहेका बेला उनी पनि सम्पर्कविहीन भएकी छन् । 

‘स्याल पनि कराउनु, बाख्रा पनि हराउनु’ जस्तो अवस्था आएपछि उनीहरू ‘भागेको’ चर्चा सोमबार दिनभर सर्वत्र छायो । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा यो विषयलाई धेरैले सनसनी बनाए । एमाओवादी पार्टी बैठकमा समेत यसलाई छलफलको विषय बनाइयो ।प्रकाश-बिना प्रेम सम्बन्ध केही समययता चर्चामा थियो । सगरमाथा आरोहणका क्रममा दुई जनाको गतिविधिमाथि टोलीकै सदस्यहरूले आपत्ति जनाएको समाचार पनि सञ्चारमाध्यममा आएका थिए ।  स्रोतका अनुसार प्रकाश र बिनाको सम्बन्ध’bout चर्चा चुलिएपछि अध्यक्ष दाहालले छोरा प्रकाशलाई केही दिनअघि सोधपुछ गर्दै व्यवहार परिवर्तन गर्न चेतावनी दिएका थिए । यसलाई परिवारले नरुचाएपछि पाँच दिनअघि प्रकाश घर छाडेर हिँडेका हुन् । घरबाट निस्कँदा उनले सगरमाथा आरोहण गर्ने बेलाका साथीहरूसँग घुम्न जान लागेको बताएका थिए ।प्रकाश र बिना दुवैले फेसबुकलाई समेत निष्क्रिय बनाएका छन् । दुवैको मोबाइलमा ‘सम्पर्क हुन सकेन’ भन्ने सन्देश आउँछ ।प्रकाशले दुई बिहे गरिसकेका छन् भने बिना पनि विवाहित नै हुन् । माओवादीका एक वरिष्ठ नेताकी छोरीसँगको सम्बन्ध विच्छेदपछि प्रकाशले कास्की हेम्जाकी सिर्जना त्रिपाठीसँग दोस्रो बिहे गरेका थिए । सिर्जना-प्रकाशका एक छोरा छन् ।बिनाको पनि माओवादी कार्यकर्ता शंकर अधिकारीसँग करिब तीन वर्षअघि विवाह भएको थियो । बिना एमाओवादीतर्फ छिन् भने शंकर वैद्य पक्षले नेतृत्व गरेको नेकपा-माओवादीको ललितपुर जिल्ला समितिमा कार्यरत छन् । पार्टी विभाजनपछि मगर दम्पतीको सम्बन्ध बिगि्रएको थियो । बिना गत बुधबारदेखि अखिल क्रान्तिकारीको सम्पर्कमा नभएको अध्यक्ष हिमाल शर्माले बताए । ‘असार २० पछि सम्पर्कमा हुनुहुन्न,’ उनले भने, ‘विभिन्न चर्चा सुनेका छौं, अनुसन्धान थालेका छौँ । सांस्कृतिक विचलन पुष्टि भए कारबाही गछौँ ।’वीनासँगको सम्बन्ध’bout चर्चा चुलिएपछि प्रकाशकी दोस्री श्रीमती छोरा प्रसिद्धलाई लिएर माइती गएकी थिइन् । प्रकाश बेपत्ता भएको जानकारी पाएपछि उनी सोमबार बिहान फर्किएको स्रोतले जनाएको छ । प्रकाश अध्यक्ष दाहालका एक मात्र पुत्र हुन् । दाहालका कान्छो सन्तान प्रकाश राजनीतिभन्दा प्राविधिक विषयमा रुचि राख्छन् । दाहालले पुत्रलाई ‘निकै दुःख गरी हुर्काएका’ थिए । उनले सशस्त्र युद्ध र शान्तिप्रक्रियामा आएपछि स्वकीय सचिवका रूपमा सँगै राखेका थिए । प्रकाश र वीनाबीचको सम्बन्धले दाहाल निवास लाजिम्पाटमा तनाव उत्पन्न भएको स्रोतले जनाएको छ ।सदस्यबाट निलम्वित यसैबीच, एमाओवादीले प्रकाश ‘सांस्कृतिक विचलन’ मा लागेको भन्दै साधारण सदस्यबाट निलम्वन गरेको छ । पोलिटब्युरो बैठकले ‘विविध’ प्रस्ताव पारित गरी थप अनुसन्धान गर्न निलम्वन गर्ने निर्णय गरेको जानकारी प्रवक्ता दीनानाथ शर्माले दिए । ‘प्रकाश’bout विभिन्न प्रश्न उठेकाले थप अनुसन्धान गर्न निलम्वन गर्ने निर्णय भएको छ,’ उनले भने, ‘पार्टी हेडक्वाटरमा कार्यरत उनी सम्पर्कविहीन भएकाले खोजी गर्ने कुरा भएको छ ।’ बैठकमा अध्यक्ष दाहालले छोरा प्रकाशको ‘सांस्कृतिक विचलन’ को खबरले राजनीतिमा असर गर्ने भन्दै निलम्वन गर्न प्रस्ताव गरेका थिए ।

Source:ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.