के हो पीईपी ?


डा. बालकृष्ण साह

काठमाडौ, असार २६ – नेपालमा करिब ७० हजार एचआईभी संक्रमित रहेको अनुमान भए पनि आधिकारिक रूपमा १४ हजार ३ सय २० जना मात्र दर्ता गरिएको छ । एचआईभी भाइरस रगत, ढाडको पानी, वीर्य तथा योनीबाट निस्कने तरल पदार्थलगायत अन्य शरीरका तरल पदार्थहरूमा हुन सक्छ । त्यसैले यस्ता पदार्थको आदानप्रदान भएमा वा मिसिन गएमा एचआईभी सर्न सक्छ । तर सबै अवस्थामा वा सबैलाई यो सरिहाल्ने पनि होइन । एचआईभी संक्रमित व्यक्तिबाट अन्य व्यक्तिमा रगत दिएमा वा अंग प्रत्यारोपण गरेमा एचआईभी सर्ने सम्भावना ९५ प्रतिशत हुन्छ । सुई साटासाटबाट पनि एचआईभी सर्ने सम्भावना ०.६७ प्रतिशत अर्थात् एक हजारमा करिब सात जनालाई हुन सक्छ । गर्भवती महिलालाई एचआईभी संक्रमण भएमा गर्भको बच्चामा संक्रमण हुने सम्भावना १३ प्रतिशत हुन्छ । एचआईभी संक्रमण भन्नेबित्तिकै असुरक्षित यौनसम्पर्कको कुरा अगाडि आउँछ । धेरै जनासँग यौनसम्र्पक गर्नेबितिकै एचआईभी संक्रमण हुने होइन, तर एकैजना एचआईभी संक्रमितसँगको एकै पटकको असुरक्षित यौनसम्पर्कले पनि सर्न सक्छ । एचआईभी संक्रमितसँग असुरक्षित यौनसम्पर्क गर्नाले महिलालाई सर्ने सम्भावना ०.१ देखि ०.३ प्रतिशत अर्थात् एक हजारमा एक जनादेखि तीन जनासम्मलाई सर्न सक्छ । पुरुषलाई यो सम्भावना अझ कम ०.३ देखि ०.०९ प्रतिशत रहेको छ ।

हालसम्मको अध्ययन र अनुसन्धानले एचआईभी भाइरसलाई पूर्ण रूपमा मार्न सक्ने औषधि तथा यसको प्रभावकारी एवं भरपर्दो उपचार पद्धतिको विकास भएको देखाउँदैन । तर विभिन्न औषधिको प्रयोगले यस भाइरसलाई निष्त्रिmय बनाउने तथा वृद्धिमा कमी ल्याउन सक्छ । ती औषधिहरूको सेवनले रोगको विस्तार तथा सिकिस्ततालाई कम गर्ने र मानिसको आयु बढाउन सहयोग पुग्छ । यस्ता औषधिको सेवनले एचआईभी संक्रमितहरूलाई अन्य संक्रमण हुनबाट पनि बचाउँछ । यस्ता औषधिहरूलाई एआरटी अर्थात् एन्टी रेट्रो भाइरल थेरापी भनिन्छ । एचआईभी संक्रमण भएकाहरूलाई उनीहरूको अवस्था, रोगको जटिलता तथा अन्य विभिन्न परीक्षण गरेर चिकित्सकले एआरटी नियमित रूपमा निःशुल्क दिने गर्छन् । एआरटी नेपालभरि छरिएर रहेका एआरटी क्लिनिकहरूमा मात्र पाइन्छ । नेपालमा सन् २०१० सम्ममा २५ वटा एआरटी केन्द्र र १० वटा उपकेन्द्र स्थापना गरिएका थिए । हरेक एचआईभी संक्रमितलाई संक्रमण भएको पत्ता लाग्नेबितिकै एआरटी चाहिँदैन । एआरटी कहिले र कसरी सुरु गर्ने भन्ने निर्णय यससम्बन्धी दक्ष चिकित्सकले गर्ने काम

हो । यो एकपटक सुरु गरिसकेपछि जिन्दगीभर नछुटाई खानुपर्ने भएकाले हतारमा कहिल्यै सुरु गर्नु हुँदैन । एआरटीका लागि सम्पूर्ण स्वास्थ्य परीक्षण गरेर मात्र पुग्दैन, मानसिक रूपमा पनि संक्रमितलाई तयार गर्नुपर्छ । एआरटी प्रयोग गरिरहेका व्यक्तिले औषधि छोडेमा ती औषधिहरूले काम गर्न नसक्ने हुनाले सम्बन्धित व्यक्तिलाई मात्र नभई राष्ट्रलाई पनि घातक साबित हुन सक्छ ।

यौनसम्पर्कबाट मात्र होइन, शौचालयमा एउटा संक्रमितले ड्रग्स लिएर फालिएको सुई घोचिएर पनि सर्न सक्छ । संक्रमितहरूको उपचार गर्ने क्रममा उनीहरूलाई प्रयोग गरेको सुई तथा औजारले स्वास्थ्यकर्मीलाई पनि एचआईभी सर्न सक्छ । तर यस्ता जोखिमपूर्ण व्यवहार तथा एचआईभी भाइरस आफ्नो शरीरमा प्रवेश गर्नासाथ औषधि उपचार गरेमा एचआईभी संक्रमण हुने सम्भावना अत्यन्त न्यून रहन्छ । यस उपचार पद्धतिलाई पोस्ट एक्सपोजर प्रोफाइल्याक्सिस् अर्थात पीईपी भनिन्छ । एचआईभी भाइरससँग एक्सपोजर अर्थात जोखिमपूर्ण कामको लगत्तै २ घन्टादेखि ७२ घन्टाभित्र केही एआरटी औषधिहरूको प्रयोग गर्नुपर्ने हुन्छ । एचआईभी संक्रमितहरूको सेवामा समर्पित व्यक्तिहरूमा कुनै जोखिमपूर्ण काम भएमा एआरटी क्लिनिकका चिकित्सकको सल्लाहबमोजिम आवश्यक परामर्शपछि मात्र पोस्ट एक्सपोजर प्रोफाइल्याक्सिस दिने गरिन्छ । पेसाले एचआईभी संक्रमितहरूसँग काम गर्नुपर्ने व्यक्तिहरूलाई यो सुविधा निःशुल्क गरिएको छ । पीईपीले पछिल्लो समय एचआईभी संक्रमितलाई उपचार गर्ने स्वास्थ्यकर्मीलाई थप ऊर्जा दिएको छ । तर पनि जोखिमपूर्ण व्यवहारमा परेर पीईपी लिनुभन्दा यस्ता व्यवहारबाट टाढा बस्नु वा सुरक्षित व्यवहार अपनाउनु नै बेस हुन्छ ।

लेखक परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा कार्यरत छन् ।

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.