राजतन्त्र राख्ने सम्झौता देखाउन ज्ञानेन्द्रलाई सिटौलाको चुनौती


२५ असार, काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिैटौलाले राजसंस्था राख्ने सहमति भएको भन्ने पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति झुटो भएको बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सिटौलाले भन्नुभयो-’पूर्व राजाले विगतमा संवैधानिक राजसंस्था कायमै राखेर २०४७ सालकै संविधानबसेर अघि बढ्ने लिखित सम्झौता भएको अभिव्यक्ति झूट हो । सम्झौता भएको छैन, भएको छ भने देखाउन चुनौती दिन्छु ।’

पूर्वराजाले राजनीतिक अभिव्यक्ति दिदै हिंड्नुलाई आपत्तीजनक भएको भन्दै सरकारले दिइआएको सुविधा खोस्नुपर्ने बताउनु भयो । ज्ञानेन्द्र शाहले हुँदै नभएको कुरा बोल्दै हिंड्नुका पछाडि पुनः राजा बन्ने सपना लुकेको हुनसक्ने उहाँले बताउनु भयो ।

राजतन्त्र र्फकन नसक्ने ठोकुवा गर्दै कांग्रेस महामन्त्री सिटौलाले भन्नुभयो-’देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ, अब फेरि राजतन्त्र आउँछ भन्नु कोरा कल्पना मात्र हो । कसैले राजतन्त्र फर्काउँछु भन्नु मनको लड्डु घ्यूसित खानुबराबर हो ।’

कांग्रेसका महामन्त्री सिटौलाले सहमतिको खाका कोरिइरहेको भन्दै दश दिनभित्र राष्ट्रिय सहमति बन्ने दावी गर्नुभयो । ‘दश दिनभित्र देशमा नयाँ राष्ट्रिय सहमति बन्छ,’ सिटौलाले भन्नुभयो-’राष्ट्रिय सहमतिको सरकार निर्माण भई विद्यमान गतिरोध अन्त हुन्छ ।’

चुनाव वा संविधानसभा पुनःस्थापना बाहेकको विकल्प नभएको भन्दै उहाँले त्यसैलाई केन्द्रबिन्दुमा राखेर छलफल चलिरहेको जानकारी दिनुभयो । काँग्रेसकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने दाबी गर्दै उहाँले भन्नुभयो-’काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सहमति भएको एक घण्टाभित्र सर्वसम्मतबाट साझा उम्मेदवार दिन्छौं ।’

Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.