मेरो बाबा घर फर्कन्छु भन्थ्यो’


सुरेन्द्र पौडेल,  असार २५- ‘तपाईंको छोरा मारिएको साढे तीन वर्ष भयो। मार्ने व्यक्ति अहिले जेलमा छन्,’ परराष्ट्र मन्त्रालय कन्सुलर शाखाका कर्मचारीले जानकारी दिँदै थिए, ‘अब तपाईंहरुसँग तीन विकल्प छन्। पहिलो, तपाईको छोराको हत्या गर्नेलाई सुनाइएको मृत्युदण्डको सजाय कार्यान्वयन गर्न स्वीकृति दिने, दोस्रो ब्लड मनी (क्षतिपूर्ति रकम) लिई दोषीलाई सजाय माफी दिने र तेस्रो ब्लडमनी नलिई माफी दिने। दोषीका परिवारसँग छलफल गरेर तपाईंहरुले अब एउटा निर्णय लिनुपर्छ।’

ती कर्मचारीको बोली टुंगिन नपाउँदै मोहन बस्नेत मुर्छा परेर सोफामा ढले। पत्नी अम्बिका मोहनलाई समाउन खोज्दै थिइन्। सकिनन् र भक्कानिइन्। कन्सुलर शाखाका कर्मचारीले उत्तिखेरै नजिकै रहेको मिनरल वाटरको बोतल खोली मोहनको अनुहारमा पानी छम्के। एक छिनपछि मोहन ब्युँतिए।

‘जान्नेलाई हेराउँदा केही भएको छैन, तेरो छोरा आउँछ भनेका थिए,’ छोरा गणेशबहादुर बस्नेत साढे तीन वर्षअघि नै मरेको खबर सुनेपछि अम्बिका बर्बराइन्, ‘मेरो बाबा घर फर्कन्छु भन्थ्यो।’

बस्नेत दम्पती आइतबार दिउँसो एक बजे परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित कन्सुलर शाखा पुगेको थियो। ७० वर्षे अम्बिका र ५६ वर्षे मोहन दुवै राम्रोसँग हिँड्न सक्दैनन्। बस्नेत दम्पतीलाई डोर्यानउँदै कन्सुलर शाखा पुर्यारएका थिए भक्त खड्काले। खड्का नातामा अम्बिकाकी बहिनीका छोरा हुन्।

स्वयम्भूस्थित आर्मी कलेजका प्राविधिज्ञ खड्काले मृतक गणेशको राहदानी र नागरिकतामा उल्लेख गरेको ठेगानामा खोजी गर्दा उनको परिवारका सदस्य नभेटिएको खबर नागरिकमा बढेपछि आइतबार काठमाडौंको डल्लुस्थित ठूला बा मोहनको डेरा पुगेका थिए। उनले गणेशको मृत्युको खबर जानकारी नदिई काम छ भन्दै मोहन र अम्बिकालाई कन्सुलर शाखामा पुर्यालएका थिए।

छोरा युनाइटेड अरब इमिरेट्स (युएई) गएको ८ वर्षपछि आइतबार एक्कासि पहिल्यै मारिएको खबर सुन्दा मोहन मुर्छा परेका थिए।


बस्नेत दम्पतीको स्थायी घर सिन्धुलीको डुडबन्दी गाविस हो। पहिरोले घरखेत बगाएपछि उनीहरु केही वर्ष सुनसरी हाँसपोसा-२ मा बसे। मोहन तरहरा कृषि फार्ममा काम गर्थे। त्यहीबेला मोहनले नागरिकता बनाए, लगत्तै छोरा गणेशले पनि। ६ सन्तानमध्ये गणेश एक्ला छोरा थिए। गणेशमुनि एक बहिनी छन्, चार दिदीको बिहेबारी भइसक्यो।

‘पहिरोले सबै घरबारी बगाएपछि सुनसरी झरेका थियौं,’ मोहनले सम्झिए, ‘त्यसको तीन वर्षपछि काठमाडौं आयौं।’
रोजगारी खोसिएपछि २०४७ मंसिरमा मोहन परिवार लिई काठमाडौं आएका थिए। स्वस्थ रुपमा काठमाडौं भित्रिएका मोहनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन। नसासम्बन्धी ‘प्याराप्लेजिक’ रोग लागेको छ उनलाई। हिँड्दा कि लठ्ठी चाहिन्छ कि त कसैको सहारा। पत्नी अम्बिकाको स्थिति पनि उस्तै छ। जन्मँदै उनका दुवै गोडा कुँजो छन्। राम्रोसँग हिँड्न सक्दिनन्।

काठमाडौं आएदेखि नै उनीहरु डल्लुमा बस्दै आएका छन्। बिहान खान खायो, त्यसपछि स्वयम्भू चोकमा गई मकै पोलेर बेच्नु बस्नेत दम्पतीको दैनिकी हो। उनीहरुको बाँच्ने आधार यही हो। मकै पोलेको भरमा परिवार पाल्न कठिन भएपछि उनीहरुले बिजेश्वरीस्थित गीतामाता स्कुलमा कक्षा ८ मा पढ्दै गरेको छोरे गणेशलाई वैदेशिक रोजगारीमा पठाउने निर्णय लिएका थिए।

आमा बाबुको निर्णयमा कुनै आपत्ति नजनाई गणेश मलेसिया गए। सोचेअनुसार नभएपछि ६ महिनापछि दसै मनाउने बहानामा काठमाडौं फर्किए। उनी सयकडा ५ को ब्याजमा ९० हजार ऋण मागेर मलेसिया गएका थिए।

घर फर्कनेबित्तिकै ऋण दिनेको कचकच सहन नसकेपछि एक वर्ष बित्न नपाउँदै युएई गएका थिए। सन् २००४ मा युएई जाँदा गणेश २१ वर्षका थिए। ‘यहाँ बस्दा पनि मार्छन् कि भन्ने डर लाग्यो र विदेश पठाएको,’ आँसु पुछ्दै अम्बिकाले भनिन्।

गणेश युएईको सारजहाँस्थित अल सिरावी इक्युपमेन्ट कम्पनीमा कार्यरत थिए। गएको पाँच वर्षसम्म उनी परिवारसँग सम्पर्कमा रहेका थिए। कम्पनीले कबुल गरेबमोजिम व्यवहार नगरेपछि उनले कम्पनी छाडे। कम्पनी छाडेको १० दिनपछि २०६५ मंसिरतिर गणेशले नेपालमा आमा-बाबुलाई फोन गरी जानकारी गराएका थिए। उनले गोडामा सामान्य चोट लागेकाले अस्पताल भर्ना भएको फोनमा बताएका थिए।
‘खाना पनि राम्रोसँग खान दिँदैनन्, अस्पतालमा छु भनेर अन्तिम पटक फोनमा भनेको थियो,’ अम्बिकाले छोराको कथा सुनाइन्, ‘मैले तत्काल आऊ भनेँ। उसले फागुनमा आउँछु भन्यो।’

गणेशले आफूसँग राहदानी नभएकाले पहिले प्रहरी समात्ने अनि नेपाल फर्काउने बताएका थिए। आमाबाबुसँग फागुनमा नेपाल फर्कने बाचा गरेका गणेश २०६५ माघ १ गते सँगै काम गर्ने नेपाली कामदार दुर्गाबहादुर सुनारबाट मारिए। पर्वत चित्रे-५ का सुनारसँग सामान्य कुरामा हात हालाहाल हुँदा उनको मृत्यु भएको थियो।

त्यसपछि गणेशका आमाबाबु प्रहरीले पक्राउ गरेर नेपाल पठाउँछ भन्ने आशामा थिए। यो बीचमा न कसैले गणेश मारियो भनेर उनीहरुलाई सुनायो, न जिउँदै छ भनेर।

छोराको फोन पनि आउन थालेपछि थाहा पाएसम्मका जान्ने भन्नेहरुकहाँ हेराउन पुगे। सबैले छोरा फर्केर आउने आश्वासन थिए। उनीहरु आश्वासनमै रमाउँदै आएका थिए। कहिलेकाहीँ अम्बिका डरलाग्दो सपना देख्थिन् रे। उनी झसंग हुँदै, काँम्दै ब्युँझन्थिन्, रुन्थिन्, अनि फेरि सुत्थिन्। यो बारम्बार दोहोरिन्थ्यो।

‘सपनामा अपरिचित मान्छे आएर तेरो छोरालाई मैले मारेर समुद्रमा फ्याँकिदिए भन्थ्यो। म थुरुरु काम्दै उठ्थेँ,’ अम्बिकाले सुनाइन्, ‘प्रहरीले पक्रेर नेपाल पठाउँछ भनेर हामी कुरेर बसेका थियौं। अहिले के सुन्नु पर्यो।’


गणेशको हत्या गर्ने दुर्गालाई युएईको सारजहाँ अदालतले दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सन् २०१० मा सुनाएको थियो। अदालतले इस्लामिक कानुनअनुसार आउँदो असोजसम्म पीडित परिवारले माफी दिएको कागजपत्र ल्याए मृत्युदण्ड सजाय माफी गर्ने फैसला गरेको थियो। पीडित गणेशका आमाबाबुले ब्लड मनी लिई दोषीलाई सजाय माफी दिन राजी भए दुर्गा मृत्युदण्डबाट उन्मुक्ति पाई घर फर्कन पाउँछन्।

अदालतको फैसलाअनुसार दुर्गाका परिवार अहिले गणेशको परिवारको खोजीमा थियो। शुक्रबार गणेशका परिवार नभेटिएको खबर अखबारमा आएको थियो। गणेशको राहदानीमा उल्लेख ठेगानामा परिवार नभेटिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार हाँसपोसा-२ का सबै वडामा माइकिङ गरी खोजी कार्य तीव्र पारेको थियो।

‘मैले आइतबार मात्र अखबार पढेर थाहा पाएँ,’ गणेशका सानीआमाका छोरा भक्तले भने, ‘त्यसपछि म डल्लु गई उहाँहरुलाई केही नभनी कन्सुलर शाखा ल्याएको हुँ।’

भक्त डल्लु पुग्दा बस्नेत दम्पती हरिया मकै पालेर बेच्न स्वयम्भू जान तरखर गर्दै थियो। मकै पोलेर नबेचे उनीहरुको गुजारा एक दिन पनि चल्दैन। छोराले विदेशमा कमाएर ऋण तिर्ला भन्ने आशामा रहेका उनीहरुको बाँच्ने आधार यही थियो। अहिले उनीहरु आफैं मकै बोकेर लान सक्दैनन्। मकै किन्न र स्वयम्भूसम्म बोकेर लगिदिन कसैले सघाइदिन पर्छ।

‘कोठामा थाहा पाएको भए यहाँ आउन सक्दिनथें। यहीँ आएर थाहा भयो…’ मोहन फेरि मुर्छा परे। केही बेरपछि उनी ब्यँुतिए। मुर्छा पर्दा पनि उनका आँखाबाट आँसु बहन छाडेको थिएन।

ऋणको ब्याजको स्याज कति भयो बस्नेत दम्पतीलाई थाहा छैन। कसरी तिर्ने, कसले कमाउने उनीहरुसँग कुनै जवाफ छैन। मकै पोलेर दुई छाक टार्ने आत्मबल अब उनीहरुमा छैन। ‘उसलाई मारेर (दुर्गा) मेरो छारो फर्केर आउँदैन। उसका पनि आमाबाबु होलान्। यस्तो दुःख अरुलाई नपरोस्,’ धोतीको फेरोले मुख छोपी अम्बिका सुक्सुकाइन्।

कन्सुलर शाखा प्रमुख दिलिप पौडेलले अब गणेशको शवको अवस्था’bout युएईस्थित दूतावासमार्फत बुझ्ने प्रक्रिया अघि बढाउने बताए। शव सकुशल राखिएको भए नेपाल झिकाएर परिवारको जिम्मा लगाइने उनले जनाए।

‘गणेशको शवको अवस्था के हो? पहिले त्यो बुझ्छौं,’ पौडेलले भने, ‘छिट्टै पीडित परिवार र दोषीका परिवारलाई हामी भेटाउँछौं। यदि ब्लड मनी स्वीकार गरी पीडित परिवार दोषीलाई माफी दिन सहमत भए प्रक्रिया अगाडि बढाउँछौं।’

Source: Nagarik

3 responses to “मेरो बाबा घर फर्कन्छु भन्थ्यो’

  1. yesto dukhad: samachar le malai ekdam marmahat banayeko chha …. bichara budha baba aama ko eklo sahara pani sadhe tin barsh agadi nai mareko rahechha…. aba ti budha aama baba lai kasle sahara dela!!!
    pahiro le ghar-jagga lage pachhi uniharu sukumbasi bhayeka rahechhan … tara nakkali sukumbasi harule garda sakkali sukumbasi ko rodan ra pida kasle sunna bhyaune? aakhir yo Hamro Desh yestai chha

  2. छोराको फोन पनि आउन थालेपछि थाहा पाएसम्मका जान्ने भन्नेहरुकहाँ हेराउन पुगे। सबैले छोरा फर्केर आउने आश्वासन थिए। उनीहरु आश्वासनमै रमाउँदै आएका थिए। कहिलेकाहीँ अम्बिका डरलाग्दो सपना देख्थिन् रे। उनी झसंग हुँदै, काँम्दै ब्युँझन्थिन्, रुन्थिन्, अनि फेरि सुत्थिन्। यो बारम्बार दोहोरिन्थ्यो।kasto bidambana !! katai kalpanik katha jasto katai upanyas ko ek amsa jasto tara dukhad wastawik .maile sabai padhe yo dhekhera k hamile aat gareu bhane tyo pariewar lai kehi rahat hami kuwait ka nepali le garera dehkauna sakdai nau? please, tapai ko massage ko pratikshya chha ..ma tatpar chhu tapiko palima……

  3. pida maathi ko pida ho sarai dukha laagyo

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.