दाहालको प्रतिवेदन आज पोलिटब्युरो बैठकमा प्रस्तुत हुँदै


असार २५ – आगामी साउन १ गतेदेखि बोलाइएको सातौं विस्तारित बैठकमा पेस गर्ने राजनीतिक प्रस्तावलाई अन्तिम रुप दिन एकीकृत नेकपा (माओवादी)को पोलिटब्युरोको बैठक आज बस्ने भएको छ। बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले तयार गरेको राजनीतिक प्रतिवेदनमा छलफल हुनेछ।

अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको राजनीतिक प्रतिवेदनमा छलफल हुने पोलिटब्युरो सदस्य एवम् कार्यालय सचिव शक्ति बस्नेतले जानकारी दिए।

पार्टी विभाजन भएपछि पहिलोपटक बस्न लागेको पोलिटब्युरो बैठकमा पार्टीको साङ्गठनिक संरचना, विस्तारित बैठकको व्यवस्थापन, त्यसमा सहभागी हुने प्रतिनिधिको विषयमा समेत छलफल हुने बताइएको छ। यसैगरी संविधानसभाको विघटनपछिको राजनीतिक अवस्था, आर्थिक वर्ष २०६९/०७० को बजेटलगायतका विषयमा समेत छलफल गरिने उनले जानकारी दिए।

अरू राजनीतिक दलसँगको छलफल तथा राजनीतिक सङ्कटको समाधानका लागि उपयुक्त उपाय के हुन सक्छ भन्ने विषयमा समेत पोलिटब्युरोको बैठकमा छलफल हुने बताइएको छ।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.