फालिएका शिशुहरू पाल्दै


जनकपुर, असार २३ –  ‘नराम्रो प्रवृत्तिले फाल्यो, राम्रो प्रवृत्तिले पाल्यो,’ जन्मिनासाथ रातो नदीको बगरमा फालिएकी शिशु बालिकाको न्वारान गर्दै पत्रकार राजेश्वर नेपालीले भने । उनले ती शिशु बालिकाको नाम पनि जुराए ‘सम्भावना’ । 

महोत्तरीको लोहारपटीस्थित रातो नदीको बगरमा फालिएकी नवजात बालिकालाई प्रहरीले उद्धार गरी अस्पताल भर्ना गराएको थियो । २१ दिनको सघन उपचारपछि सन्त सत्यनारायण आलोकले बालिकालाई आफ्नो सद्गुरु कविर बाल बात्सल्य आश्रम ल्याएका थिए । गत बुधबार विधिविधानसहित न्वारन पनि गराए । पत्रकार नेपालीले नवजात शिशु फाल्ने आमाहरूलाई हदैसम्मको कारबाही हुनुपर्ने बताए ।

विभिन्न कारणले फालिएका यस्ता सात जना बालबालिकालाई सन्त आलोकले आफ्नो आश्रममा पालन पोषण गर्दै आएका छन् । तीमध्ये एक बालिकाको यसै वर्ष पखाला लागेर मृत्यु भएको थियो । अहिले यस आश्रममा सम्भावना सहित छ बालबालिका छन्, तीमध्ये एक जनामात्र बालक छन् ।

त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर गरेका सन्त आलोक अध्यापनको पेसा छाडेर कविरपन्थमा रमेका हुन् । उनले जनकपुर ८ परिक्रमा सडक छेउमा रहेको आफ्नो निजी जग्गामा सद्गुरु कविर बालबात्सल्य आश्रम सञ्चालन गरेका छन् । 

सन्त आलोकका अनुसार तीन वर्षअघि जनकपुर ८ ज्ञानकुपमा फेला परेकी देसना आलोक विद्यालय जान थालेकी छन् । आश्रमका अन्य बालबालिकामध्ये साधना आलोक वर्षअघि बारहबिघा रंगभूमि मैदानमा बेवारिसे अवस्थामा फेला परेकी थिइन् । गत माघमा जनकपुरको भ्रमरपुरा चोकमा बिरामी अवस्थामा फेला परेकी आराधना आलोकलाई प्रहरीले उद्धार गरी आश्रमको जिम्मा लगाएको थियो ।

यसैगरी पूर्वपश्चिम राजमार्गको वीरेन्द्रबजार गाविस छघरियामा बेवारिसे अवस्थामा फेला परेकी बन्दना आलोक र नौ महिनाअघि जनकपुर ४ मा फेला परेका चिराग आलोक पनि सँगै बस्दै आएका छन् । सम्भावना पनि उनीहरूकै समूहमा सम्मिलित भएकी छन् ।

अविवाहित सन्त आलोक आश्रमका सम्पूर्ण बाल बालिकालाई आफ्नो नाम र उचित शिक्षादीक्षा दिन चाहन्छन् । बालबालिकाको पालन पोषणका लागि उनी ट्युसन पनि पढाउन सुरु गरेका छन् । ‘आफ्नै प्रयासमा आश्रमको खर्च धानेको छु,’ सन्त आलोकले भने ।

समाजसेवी अमरचन्द अनिलका अनुसार छोरीको शिक्षादीक्षा तथा विहेवारीको झन्झटका कारण बालिका फाल्नेहरूको संख्या बढेको हो । यसका अतिरिक्त कुमारी अवस्थामा तथा पति विदेश गएको वेला जन्मिने बालबालिकालाई फाल्ने प्रवृत्ति पछिल्लो समय बढेको उनको भनाइ छ ।

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.