दलहरुबीचको सहमति मै बजेट आउँछ : प्रचण्ड


२४ असार, काठमाण्डौं – एकीकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुको सहमितमै बजेट आउने स्पष्ठ पार्नुभएको छ । राष्ट्रपति डा. रामबरण यादबसँग आइतबार विहान राष्ट्रपति भवन सितल निवासमा भएको भेटमा प्रचण्डले पूर्ण आकारको अथवा आशिंक भएपनि सहमतिमै बजेट आउने बताउनुभएको हो ।

बजेट का विषयमा काँग्रेस, एमाले लगायतका प्रतिपक्षि दलहरुसँग छलफल भईरहेको र उहाँहरु पनि बजेट ल्याउने विषयमा सकारात्मक भएका कारण सहमतिकै बजेट आउने प्रचण्डले बताउनुभयो ।

 भेटबार्तामा राष्ट्रपति यादबले संबिधान बिघटनसंगै संसद नरहेको अबस्थामा सहमतिमा नै बजेट ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै दलहरुबिच टाढिएको संबन्ध सुधार गर्दे मुलुकलाई निकास दिनुपर्ने तथा अबरुद्ध रहेको संविधान लेखन प्रक्रियाका बिषयमा पनि सहमति जुटाउन ठूलो दलका हैसियतले माओबादीले पहल गर्नुपर्नेमा जोड दिनुभएको बताईएको छ । बिपक्षीदलहरुले कामचलाउ सरकारको राजीनामा मागि राखेको बेला राष्ट्रिय सहमतिको पहल कदम चाल्न पनि यादबले माओवादी अध्यक्ष प्रचण्डलाई आग्रह गर्नुभयो ।

 Source: onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.