रौतहटमा प्रहरी र स्थानीयबासीबीच झडप, एक जनाको मृत्यु


२१ असार, काठमाण्डौं – प्रहरी र स्थानीयबासीबीच भएको झडपका क्रममा रौतहटमा एक जनाको मृत्यु भएको छ । एक दर्जन भन्दा बढी घाइते भएका छन् । प्रहरीको गोली लागेर रौतहटको लक्ष्मीपुर गाविसका रमोद प्रसाद यादबको मृत्यु भएको हो ।

स्थानीयबासीले अवरुद्ध गरेको गौर चन्द्रनिगाहपुर सडकखण्ड सुचारु गराउनेक्रममा दोहोरो झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन १५ राउण्ड अश्रुग्यास पनि प्रहार गरेको प्रहरीले जनाएको छ ।

गत असार १४ गते जन्ति लिएर जाँदै गरेको ट्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि प्रहरीले उक्त ट्याक्टर नियन्त्रणमा लिएको थियो । स्थानीयबासीले भने उक्त ट्याक्टरले ठक्कर नदिएको भन्दै नियन्त्रणमा लिएको ट्याक्टर फिर्ता दिन माग गर्दै आन्दोलन गर्दै आएका थिए ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.