छनौट प्रकृया मन परेन लडाकुलाई


चाँदनी हमाल, चितवन, असार २१ – शान्ति प्रकृया टुंगोमा पुर्‍याउने अन्तिम कामकारुपमा रहेको सेना समायोजन प्रकृया बुधबारदेखि सुरु भएको छ। चितवन शक्तिखोरस्थित तेस्रो डिभिजनसँगै देशका विभिन्न शिविरमा लडाकुलाई सेनामा समायोजन गर्ने प्रकृया सुरु भएको हो। दिउँसै प्रकृया थाल्ने भनिए पनि ढिला गरी साँझ मात्र छनौट सुरु भएको हो। नेपाली सेनाको कडा सुरक्षाकाबीच लडाकुहरुले सेनामा जान फाराम भर्न बुधबारदेखि नै सुरु गरे।

सेनाका प्रवक्ता रविन्द्र क्षेत्रीले बुधबारबाटै सहज रुपमा सुरु भएको उल्लेख गरे।

लडाकु भर्ना छनौट नाम दिइएको प्रकृयाका लागि सेनाका उपरथीहरु बलदेव महत र सुरेन्द्र बहादुर कार्कीको नेतृत्वमा टोली खटिएको छ। टोली नेतृत्वले काम सुरु गर्ने निर्देशन र निरीक्षण गरी दिउँसै भरतपुर फर्किएको थियो।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय अन्तर्गत रहेर सेनामा जाने विकल्प रोजेका लडाकुहरुको छनौट प्रकृया सुरु गरिएको कर्णेल प्रकाश केसीले बताए। ‘अधिकृत र अन्य तहको भर्ना छनौट एकैचोटी सुरु भएको हो,’ उनले भने, ‘जिल्लामा गर्न सकिने जति शिविर र सेनाको ब्यारेकमै छनौट चरणहरु ग्रिन्छ।’

साधारण पल्टनको मानिसमा हुनुपर्ने क्षमताको जाँचपड्ताल हुने उनको भनाई छ। यस अन्तर्गत सेनामा जाने प्रत्येक लडाकु शारीरिकरुपमा चुस्त तन्दुरुस्त छ छैन सम्पूर्णरुपमा जाँचिने छ। उनका अनुसार आगामी साउन १५ गतेसम्ममा सेना समायोजनको सबै प्रकृया सम्पन्न गरिनेछ।

सेनाको सेकेण्ड लप्टनदेखि माथिल्लो तहका अधिकृत र त्यसदेखि तल्लो तहका सेनाको लागि छुट्टा छुट्टै फारम भर्ने व्यवस्था मिलाइएको छ। लडाकु हतियार कन्टेनर रहेको परिसरमा टेन्ट हालेर छनौट प्रकृया सुरु गरिएको छ।

सेना समायोजनको यस प्रकृयामा लडाकुको सकारात्मक सहयोग रहेको प्रमुख सेनानी रोशन खड्काले बताए । ‘फाराम भर्ने प्रकृया सकिएपछि सेनाको मापदण्ड अनुरुपको जाँच हुनेछ,’ उनले जानकारी दिँदै भने त्यसपछि तालिममा पठाउन आवश्यक प्रकृया पूरा गरिन्छ।’ पुन प्रकृया जहाँबाट गर्दा सहज हुन्छ त्यहीँबाट गर्न आफूहरु तयार रहेको उनले बताए।

लडाकु कमाण्डर धनबहादुर मास्की मगरले सेना समायोजन शान्ति प्रकृयाको कोशेढुंगा भएकाले यसको सुरुवात हुनु सुखद रहेको बताए। सरकारले सेनाले तोकेको मापदण्ड अनुसार लडाकु समायोजन सुरु गरेकाले सोही अनुसार आफुहरु तयार रहेको उनको भनाई थियो।

नयाँ भर्ना सरहको छनौटमा लडाकुको असन्तुष्टी
नयाँ भर्ना सरको छनौटप्रति लडाकुहरुले असन्तुष्टी जनाएका छन्। उनीहरुले नयाँ भर्ना गरे सरह जाँचपड्ताल गरे अधिकांश सेनामा नजाने मनस्थितिमा रहेको बताए। ‘हाम्रो भावना अनुसार सम्मानजनक छनौट भएन भने बरु गाउँमै खेती गर्छु तर सेनामा जान्न ‘,धादिङका लडाकु रामकुमार पौडेलले भने।

उनीजस्तै जनयुद्धको मर्म अनुसार समायोजन प्रकया नभएको गुनासो रुकुमका रविन्द्र केसीको छ। ‘जनयुद्ध लडेकै हौ, सेनाले चलाउने बन्दुक र तालिम लिएकै हौ, फेरि छाती नापेर हाम्रो अपमान किन गर्नु’ नुवाकोटका रविन्द्र रिमाल पनि सेनाको भर्ना छनौटमा खुशी छैनन्।

‘सेनामै जानुपर्छ भन्ने केही छैन्,’ लडाकु सरोज तितुङ भन्छन्, ‘लडेर देखाउ भन्छ भने फेरि तयार छौ तर नयाँ भर्ना जस्तो यो प्रकृया ठीक लागेको छैन्।’

राजनितीक दलको गलत निर्णयका कारण पनि अन्तिम समयमा अपमान खेप्नु परेको दुखेसो लडाकुहरुले पोखे। कतिपय लडाकुको उमेर नपुगेको भन्दै दर्ता टोलीले फर्काएपछि अन्यौलमा पर्नेहरु पनि धेरै छन्। ‘म २०३९ सालमा जन्मेको, अनमिनले पनि योग्य भन्यो तर अहिले उमेर नपुगेको भनेर फर्काईदिए,’ लडाकु शोभा थापाले भनिन्। २०५६ सालमै लडाकु बनेकी उनलाई अनमिनले प्रमाणिकरणमा योग्य ठहराइएको थियो। उनीजस्तै शंकर यादवको पनि सात महिना उमेर नपुगेको भन्दै भर्ना प्रकृया स्थगित गरिएको छ।

सामान्य चोट लागेमा पनि सेनामा जान नपाईने भन्दै लडाकुहरु निराश बनेका छन्।

अहिलेको छनौट प्रकृया दलहरुको साँतबुँदे सहमतिको आधार भएकाले त्यसमा लडाकुहरुको पूर्ण सन्तुष्टी नभएको डिभिजन कमाण्डर धनबहादुर मास्कीले बताए। भावनात्मक बिचारका कुरा सातबुँदेमा समावेश छैन्, सेनाले जस्तो प्रस्ताव गर्यो त्यसमै सहमति भएकाले पनि लडाकु बढी बाहिरिएका हुन्,’ उनले भने। जनयुद्धको भावना विपरित पिडाबोध दिने समायोजनको विकल्प पनि नरहेको उनले बताए।

अन्तिम चरणको प्रकृयामा पनि रुची हुनेहरु मात्र सबै प्रकृया मानेर सामेल हुने उनले जानकारी दिए। शक्तिखोर शिविरमा ६ सय २७ लडाकुले सेनामा जाने विकल्प रोजेपनि अन्यौलताका कारण आधापनि भर्ना प्रकृयामा सामेल नहुने लडाकुस्रोतले बतायो। देशभरमा ३ हजार १ सय २३ लडाकुले सेनामा जाने विकल्प रोजेका थिए।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.