लडाकू समायोजन आजदेखि


२० असार, सरकारले माओवादी लडाकू समायोजनको काम आजदेखि सुरु गर्दै छ । सेना समायोजन विशेष समितिले गरेको निर्णय र सरकारको निर्देशन बमोजिम नेपाली सेनाले आजदेखि लडाकुको भर्ना छनोट प्रक्रिया सुरु गर्न लागेको हो । छनौटका लागि लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष कयोदेवी यमीको अध्यक्षतामा एक समितिसमेत बनाएको छ । संविधानसभा विघटनपछि अन्योलमा परेको छनौट प्रक्रिया थाल्न लडाकु रहेका सातवटै शिविरमा नेपाली सेनाले टोली पठाएको छ । सातवटै शिविर र भरतपुरस्थित नेपाली सेनाको तालिम केन्द्रमा छनोट कार्य सञ्चालन हुनेछ ।

सैनिक प्रवक्ता सहायकरथी रमीन्द्र छेत्रीले यस अघिनै विशेष समितिले तोकेको स्थानबाट भर्ना, छनोट प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिएका छन् । सेनाको स्थापित मापदण्ड अनुसार नै छनौटको काम हुने जानकारी दिँदै प्रवक्ता छेत्रीले पहिले ‘वियरिङ’को काम हुने र सेनाको वेभसाईड भएको नियमअनुसारनै वियरिङ परीक्षा अन्तर्गत शारीरिक बनावटको परिक्षण गरिने बताउनुभयो । शिविरमा हाल समायोजन रोजेर बसेका तीन हजार एक सय २३ पूर्व लडाकूहरु रहेका छन् ।

लडाकूबाट सेनाको कर्नेलमा पुग्ने को को हुन त ?

माओवादी लडाकूको मुख्यालयले दुई हजार सात सय ६४ जना लडाकूलाई सेनासमायोजनमा र बाँकी तीन सय ६५ जनालाई पुर्नस्थापनामा पठाउने प्रस्ताव गरेको छ । नयाँ बन्ने महानिर्देशनालयमा यमबहादुर अधिकारी प्रतिक्षाले कर्नेलको रुपमा लडाकूका तर्फबाट नेतृत्व गर्ने छन् ।

त्यस्तै डिभिजन सहायक कमान्डरका रुपमा काम गरेका पदमबहादुर तामाङ सञ्जिव र बासुदेव घिमिरे पावेललाई लेफ्टिनेन्ट कर्नेलमा प्रस्ताव गरिएको छ ।  २६ जना कमान्डरलाई मेजर, ४९ जनालाई क्याप्टेन, ३० जनालाई लेफ्टिनेन्ट, २० जनालाई सुवेदार, ७५ जनालाई जमदारमा प्रस्ताव गरिएको छ । तीनसय २५ जनालाई सजेन्ट, तीनसय जनालाई नायक, पाँच सय २५ जनालाई लेस नायक र बाँकीलाई सिपाही लगायतमा प्रस्ताव गरिएको छ ।

समायोजनमा नजाने को हुन ?

माओवादी लडाकुका शिविरमा रहेका केही सिनियर डिभिजन कमान्डर र सहायक डिभिजन कमाण्डर समायोजनमा नजाने भएका छन् । समायोजनमा नजानेहरुमा सातौ डिभिजनका कमान्डर सन्तु दराई परवाना, दोस्रोका शुकबहादुर रोका शरद, तेस्रोका धनबहादुर मास्के राजेश, छैटौका महेन्द्रबहादुर शाही प्रज्वल र चौथोका तेजबहादुर वली प्रतीक रहेका छन् भने सहायक कमान्डरहरुमा पहिलो डिभिजनका हरिबहादुर श्रेष्ठ प्रमोद र रामबहादुर थापा संग्राम, पाँचौ डिभिजनबाट राजबहादुर बुढा अविनास र सातौं डिभिजनबाट जीवन बुढा रहेका छन् ।

Source: Onlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.