बन्दुक पड्काउने रहर गर्नेले पार्टी फुटाएः महरा


गजेन्द्र बोहरा, दाङ असार १९- एकिकृत नेकपा माओवादीका नेता कृष्णबहादुर महराले फेरि ‘बन्दुक पड्काउन’ खोज्नेहरु पार्टीबाट अलग भएको बताएका छन्। क्रान्तिलाई जारी राख्ने नाममा पुनः बन्दुक पड्काउनै पर्छ भन्नेहरु पाटीबाट अलग भएको भन्दै उनले पार्टी फूटको अन्य कारण केही नभएको प्रष्ट पारे।

क्रान्तिकारी पत्रकार संघले मंगलवार दाङको घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महराले भने ‘क्रान्तिकारीतालाई कायम राख्ने नाममा फेरि बन्दुक पड्काउनै पर्छ भन्नेहरु पार्टीबाट अलग भएका हुन् , हामीले भन्यौ हतियार नभई विचारको क्रान्ति गरौँ तर उनीहरुले बन्दुकै पड्काउने भने र विभाजित भएर गए।’ तर वन्दुक पड्काउन वोले जत्तिकै सहज नभएको महराले बताए। ‘यो बोले जस्तो सजिलो छैन, वन्दुक उठाए उहाँहरुलाई झोला वोकेर भाग्नुको विकल्पै हुने छैन’ महराले भने।
एकिकृत नेकपा माओवादीले पनि क्रान्तिकारी विचार नत्यागेको स्पष्ट पार्दै महराले क्रान्ति वन्दुकले मात्रै नहुने बताए। ‘हामी पनि क्रान्तिमा छौँ, क्रान्तिमा बन्दुक पड्काउनु ठूलो कुरा हैन, हामी पनि वन्दुक पड्काउन सक्छौँ तर अहिलेको परिस्थिती वन्दुक पड्काउने वेला हैन’ उनले भने ‘अहिले टेवुलमा कुरा पड्काउने वेला हो।’
एक अर्को फरक प्रसंगमा नेता महराले अहिलेको राजनीतिक वहस सरकार भन्दा संविधान केन्द्रित हुनु पर्ने बताए। महराले संविधानको विषयलाई कसरी टुंग्याउने भन्ने वहसको प्रमुख विषय भएको वताए। संविधान सभा पुनरस्थापना वा निर्वाचन संविधानका यी दुई विकल्पलाई वहस केन्द्रित वनाईनु पर्ने महराको भनाई छ। संविधानको कुरा टुंगो लागेपछि स्वतः सरकारको टुंगो लाग्ने महराले बताए । ‘अहिलेको वहसको विषय सरकार हैन, संविधानको विषय हो’ उनले भने ‘संविधानको कुरा टुंगो लागे सरकारको टुंगो स्वतः लाग्छ।’
साथै उनले सरकार भन्दा संविधानको विषयलाई दलहरुले प्राथमिकता दिईरहेको जनाए। नेपाली काँग्रेस र नेकपा एमाले लगाएतका विपक्षि दलहरु पनि अहिले यसै विषयमा सहमत भैसकेको भन्दै उनले अब छिट्टै संविधान को विषयले टुंगो पाउने वताए।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.