“अ.ने.सा.स.कोलोराडो च्याप्टरको नियमित कबि गोष्ठी सफलता पुर्वक सम्पन्न “


आचार्य प्रभा जुलाई १

अ.ने.सा.स.कोलोराडो च्याप्टरको नियमित कबि गोष्ठी यही जुन ३० का दिन कबि कपिल सुबेदी तथा श्रीमती देवी आचार्यको निवास स्थानमा  सफलता पुर्वक सम्पन्न भयो । सधैं झैं ब्रिहतरुपमा कबिहरुको जम्घट् हुन नसके पनि न्युन रूपमा नै कबि तथा श्रोताहरुको सहभागिता भएपनी च्याप्टरले आफ्नो नियमित कबि गोष्ठीलाई निरन्तरता दिनलाइे पनि सम्पन्न गरेको हो । कोलोराडो च्याप्टरका अध्यक्ष पदम विश्वकर्माद्वारा संचालित उक्त कबि गोष्ठीमा कथाकार तथा बरिष्ठ गजलकार मनु ब्राजाकी तथा गीतकार ज्ञानेन्द्र गदालको पनि उपस्थिती रहेको थियो । आ-आफ्ना रचना बाचन गर्नेहरुमा मनु ब्राजाकी,ज्ञानेन्द्र गदाल,निर्मल प्याकुरेल,कपिल सुबेदी र आचार्य प्रभा हुनुहुन्थ्यो भने रचना श्रवण गर्नुहुनेहरुमा केशब आचार्य,रबी कार्की,देवी आचार्य,सुप्रिया सुबेदी र सुप्रिम सुबेदी हुनुहुन्थ्यो । कोलोराडो च्याप्टरका औसत कबि तथा श्रष्टाहरु नेपाल तथा अन्य स्टेटमा काम बिशेषले जानु भएकोले पनि यसपटकको कार्यक्रममा सबैको सहभागिता न्युन रह्यो तथापी कार्यक्रम छोटो,मीठोसँग नै समापन भएको थियो । कार्यक्रमको अन्त्यमा पदम बिश्वकर्मा ज्युले आयोजक द्वय कपिल सुबेदी तथा देवी आचार्यलाई स-धन्यबाद ज्ञापन गर्दै आगामी कार्यक्रमको सुचना सहित कार्यक्रमको अन्त्यको घोषणा गर्नु भएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.