सभासदकी कान्छीले भनिन- ‘जवानी चुसेर अहिले छाड्न पाइन्छ ?’


१८ असार, काठमाण्डौ – कान्छीका लागि सभासद् पद नै दाउमा राखेर वेपत्ता भएका तत्कालीन एकीकृत नेकपा माओवादीका सभासद् गुणाखर बस्याल यतिखेर कान्छीलाई नै छाडेर वेपत्ता भएका छन् । एकातिर श्रीमान वेपत्ता अर्कोतिर माओवादीका अर्का पूर्व सभासद्को लगातारको धम्कीले उनी यतिखेर दोहोरो तनावमा छिन् ।

सोमबार प्रकाशित सांघु साप्ताहिकका अनुसार वाईसिएलका नेता एवं पूर्व सभासद् चन्द्रबहादुर थापा सागरले गुणाखरकी कान्छी कमला लामालाई राती राती फोन गर्दै धम्काईरहेका छन् । ‘नानी तिमी केटा फेरिहिड्ने चरित्रहीन केटी रहिछौ, बस्याललाई पनि फसायौ, उसको १५ लाख रुपैयाँ र २५ तोला सुन पनि तिमीले चप्कायौ भन्ने छ’ सागरले कमलालाई फोनमा धम्की दिंदै भने- तुरुन्त फर्काइनौ भने पाता कस्नुपर्ला ।’

दुई बर्षसम्म सार्वजनिक प्रतिष्ठा र राजनीतिक भबिष्यलाई दाउ लगाउँदै कमलासँग रोमान्स गरेका बस्याल संबिधानसभा बिघटन भएपछि उनीहरु वसेको गोंगबुस्थित फ्याटबाट गायव भए । त्यसयता उनीहरुवीच कुनै औपचारिक कुराकानी भएको छैन, वरु पार्टी च्यानलमार्फत सुन र नगद लेनदेन’bout आरोप प्रत्यारोप चलिरहेको छ । गुणाखरले उनलाई सेक्स पार्टनर फेरिरहने र गाँठवालाको संगत गर्ने आरोप लगाइरहेका छन् । तर कमला भन्छिन- त्यतिखेर मलाई पाउन जतिपनि खर्च गर्ने, मेरो मस्त जवानी चुसेर अहिले छाड्न पाइन्छ ?’

माओवादी नेताहरु देव गुरुङ, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल लगायतका नेताहरु संविधानसभाका बेला आफ्नो कोठामा आउने गरेको र हप्तैपिच्छे खसी ढालेर खुवाउने गरेको लामाले खुलाईन् । हिजो बुहारी भन्दै खान आउने नेताहरुले अहिले आफ्नो कुरा नसुनेर उल्टै सम्पत्ति लुटेको अरोप लगाएकोमा उनी आक्रोशित छिन् ।

गुणाखर लाउन खानमा एकदम सौशिन रहेको, एक दुई किलो मासुले नपुग्ने भएर हप्तैपिच्छे खसि काट्ने गरेको, महंगा लुगा लगाउने र महंगै रक्सी खाने स्वभाव रहेको भन्दै कमलाले बस्याल सेक्सका मामिलामा पनि सौखिन रहेको बताइन् । जेठी श्रीमती बिरामी भएपनि यौनइच्छा पुरा गर्न आफुसाग संगत गरेको उनको दावी छ ।

श्रीमती सम्झेर आए गुणाखरलाई अझैपनि आफ्नो जीवनमा ठाउँ रहेको भन्दै उनले पहिलो श्रीमानको आफ्नो जीवनमा कुनै ठाउँ नरहेको बताइन् । आफ्नो एकमात्र श्रीमान गुणाखर रहेको भन्दै उनले माओवादीसमक्ष न्याय दिलाउन माग गरेकी छिन् । आफुलाई न्याय नदिए दुई छोरा छोरीसहित पेरिसडाँडामै आत्मदाह गर्ने उनले चेतावनी दिएकी छिन् ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.