युरो कपको उपाधीमाथी स्पनेको कब्जा


इटाली ४–० ले स्तब्ध
१८ असार,  इटालीलाई ४–० गोलले स्तब्ध पार्दै  युरो कप फुटबल २०१२ को उपाधि स्पेनले जितेको छ । गएराती युक्रेनको किभ रंगशालामा  भएको फाइनल खेलमा इटालीलाई चार सुन्य गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधिमाथि कब्जा जमाएको हो ।  स्पेनले यो जितसंगै दोस्रो पटक यूरो कपको उपाधिमाथि कब्जा जमाएको हो । खेलको सुरुवात देखि नै इटालीलाई दवावमा राखेको स्पेनले खेलको १४ औ मिनेटमा  सेस फेर्विगासको सटिक पासलाई सर्दुयोग गर्दै डेभिड सिल्भाले आकर्षक गोल गर्दै  टोलीलाई अग्रता दिलाए ।
खेलअवधिभर एकपक्षीय आक्रमणलाई जारी राखेको स्पेनिस टोलीका लागि जोर्डी अल्बाले ४१ औ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए । दोस्रो हाफमा इटालीको फितलो प्रदर्शनको मौका छोप्दै स्पेनिस खेलाडीले पोष्ट आक्रमणलाई निरन्तरता दिए । दोस्रो हाफमा सेस फेर्बिगासलाई प्रतिस्थापना गर्दै मैदान छिरेका  टोरेजले ८४ औ मिनेटमा गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए ।

त्यसको ४ मिनेपछि नै स्पेनका जाउन माटाले टोलीका लागि चौथो गोल गरे । जितसंगै स्पेनले लगातार तेस्रो ठूलो उपाधि उचालो । यसअघि स्पेनले सन् २००८ मा यूरोकप र सन् २०१० मा  विश्वकपको उपाधि उचालेको थियो ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.