बाराका भूमिसुधार कार्यालय प्रमुखलाई दुर्व्यवहार


काठमाडौ, असार १७ – भूमिसुधार कार्यालय बाराका प्रमुख जयकान्त झालाई आइतबार दिउँसो करिब दुई बजे एक समूहले कालो मोसो दली दुर्व्यवहार गरेको छ । उक्त समूहले कार्यकक्षमै पसेर कालो मोसो दलेको प्रत्यक्षदर्शीले बताए ।

४/५ जनाको संख्यामा आएका व्यक्तिहरूले आफूहरू नेकपा माओवादीको कार्यकर्ता हौं पार्टीका लागि चन्दा दिनु पर्‍यो भन्दै कार्यालय प्रमुख झा उपर एक्कासि कालो मोसो खन्याए प्रत्यक्षदर्शी मेवालाल पटेलले बताए ।कार्यालय प्रमुख झा सेवाग्राही, कानुन व्यवसायी लगायतसँग कार्यकक्षमा छलफल गरीरहेको अवस्थामा अचानक यस्तो भएको उनले बताए ।कार्यालय प्रमुख झाले भने, ‘मलाई यसरी किन कालो मोसो दलेका हुन थाहा छैन ।’ कार्यकक्षमा बसेको बखत आफूलाई माओवादीको कार्यकर्ता बताउँदै उनीहरू जिउमा कालोमोसो फालेको उनले बताए ।कालो मोसो जिउमा फालेर भाग्ने मध्य एकजनालाई आफैं समातेर प्रहरीको जिम्मा लगाएको झाले बताए ।पक्राउ परेकाले आफू माओवादी मातृका समूहको कार्याकर्ता भएको र भ्रष्ट कर्मचारीलाई कारबाही गर्ने पार्टीको केन्द्रीय कार्यक्रम अनुसार उनलाई कालो मोसो दलेको बताएका छन् ।पक्राउ परेका कलैया ७ निवासी सन्तोष मुललाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा राखिएको प्रहरीले जनाएको छ । कालो मोसो दल्ने समूहका अन्य व्यक्ति भाग्न सफल भएका थिए ।

Source: ekantiur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.