दोलखा, असार १७ – माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ निर्माणका क्रममा चिनियाँ कामदार ह्यानसेन विङको मृत्यु भएको छ ।लामावगरस्थित हेडरेसमा सुरुङ बनाउन विस्फोट गराएपछि गएका ३५ वर्षीय विङको ढुङ्गा खसेर लाग्दा मृत्यु भएको आयोजनाका निमित्त निर्देशक विज्ञानप्रसाद श्रेष्ठले बताए । आइतबार बिहान साढे ७ बजे सुरुङभित्र ढुङ्गाको चोइटा खसेर गम्भीर घाइते उनलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको थियो । एयरपोर्टबाट अस्पताल लाँदालाँदै उनको मृत्यु हो । उनको मृत्यु ठेकेदार कम्पनीको लापरबाहीले भएको निमित्त निर्दशक श्रेष्ठले दाबी गरेका छन् । समान्य सुरक्षामा ध्यान नदिएका कारण मजदुरको ज्यान गएपछि लामाबगरमा तामाकोसीका इन्जिनियर विमल गुरुङ र ठेकेदार चाइनिज कम्पनीबीच सुरक्षाका ’boutमा छलफल भएको छ । ठेकेदार कम्पनीले अपनाउनुपर्ने सुरक्षा बस्दोबस्ती गर्न नसकेको ठहर आयोजनाले गरेको छ ।
Source:ekantipur