तामाकोसी आयोजनामा चिनियाँ कामदारको मृत्यु


दोलखा, असार १७ – माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ निर्माणका क्रममा चिनियाँ  कामदार ह्यानसेन विङको मृत्यु भएको छ ।लामावगरस्थित हेडरेसमा सुरुङ बनाउन विस्फोट गराएपछि गएका ३५ वर्षीय विङको ढुङ्गा खसेर लाग्दा मृत्यु भएको आयोजनाका निमित्त निर्देशक विज्ञानप्रसाद श्रेष्ठले बताए । आइतबार बिहान साढे ७ बजे सुरुङभित्र ढुङ्गाको चोइटा खसेर गम्भीर घाइते उनलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको थियो । एयरपोर्टबाट अस्पताल लाँदालाँदै उनको मृत्यु हो । उनको मृत्यु ठेकेदार कम्पनीको लापरबाहीले भएको निमित्त निर्दशक श्रेष्ठले दाबी गरेका छन् । समान्य सुरक्षामा ध्यान नदिएका कारण मजदुरको ज्यान गएपछि लामाबगरमा तामाकोसीका इन्जिनियर विमल गुरुङ र ठेकेदार चाइनिज कम्पनीबीच सुरक्षाका ’boutमा छलफल भएको छ । ठेकेदार कम्पनीले अपनाउनुपर्ने सुरक्षा बस्दोबस्ती गर्न नसकेको ठहर आयोजनाले गरेको छ ।

Source:ekantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.