Monthly Archives: जुन 2012

युरो २०१२ को पहलो सेमिफाइनल आज पोर्चुगलविरुद्ध स्पेन भिड्दै


डोनेस्क, असार १३ (एजेन्सी)- फ्रान्सलाई हराउँदै युरो २०१२ को सेमिफाइनल पुगेको स्पेनले बुधबार पोर्चुगलको सामना गर्दा अझै बढी रोमाञ्चक चुनौती सामना गर्नुपर्नेछ। पछिल्लो भेटमा पोर्चुगललाई ४-० ले नतिजा सुम्पिए पनि स्पेनको इतिहास युरो २०१२ सेमिफाइनलको प्रतिद्वन्द्वीसँग समृद्ध छ। पढ्नेक्रम जारी राख्नुहोस्

पहिरोले बगाएर महिलाको मृत्यु


खगेन्द्र अधिकारी, ताप्लेजुङ, असार १३- ताप्लेजुङको मेहेलेमा गएराति गएको पहिरोले बगाएर एक महिलाको मृत्यु भएको छ। पहिरो जाँदा बेपत्ता मेहेले १ की ५० वर्षीया मनकुमारी राई मृत अवस्थामा फेला परेकी स्थानीय खुवा निमावीका शिक्षक जीवन राईले बताए। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल यु-१९ क्रिकेटको समूह चरणवाटै बाहिरियो


भारतसंग ८१ रनले पराजित
१२ असार, काठमाण्डौं – मलेसियामा जारी एसीसी अण्डर -१९ एसिया कप क्रिकेटमा आफ्नो अन्तिम नेपाल भारतंग ८१ रनले पराजित भएपछि नेपाल समूह चरणवाटै बाहिरिएको छ । क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा वर्षाका कारण खेल ४७ ओभरमा छोट्टाइएको खेलमा १ सय ७३ रनको लक्ष्य पछ्याएको नेपाल २७ दशमलब ३ ओभरमा ९१ रनमै समेटिएपछि नेपाल समूह चरणवाटै बाहिरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री उम्मेदवार दिन कांग्रेसलाई सात दिनको म्याद


काठमाडौं, असार १२  – एमाले सचिव शंकर पोखरेलले कांग्रेसलाई सहमतिको प्रधानमन्त्री उम्मेदवार प्रस्तुत गर्न एक साताको म्याद दिएका छन्। त्यसभित्र नाम नदिए एमालेले विकल्प दिने उनको भनाइ छ।  ‘कांग्रेसको नेतृत्वमा कूनै विवाद छैन, तर उसले उमेदवारी तय नगर्ने हो भने अरु दलको नेतृत्वमा सहमति गर्नुपर्छ,’ राजधानीमा सोमबार आयोजित साक्षात्कारमा सचिव पोखरेलले भने, ‘यसरी कामचलाउ सरकारलाई लामो समय राखिरहन मिल्दैन।’ पढ्नेक्रम जारी राख्नुहोस्

ऋचा छक्क परिन्- यो मेरै पेटबाट निस्केको छोरा हो ?


काठमाडौं, असार १२ – आइतबार बिहान छोरा जन्माएकी अभिनेत्री ऋचा घिमिरेलाई भेट्न राजधानीको ओम अस्पतालमा सोमबार कलाकारको भीड लाग्यो। ‘यो मेरै पेटबाट निस्केको छोरा हो भनेर एकछिन छक्क परेकी थिएँ,’ ऋचाले ठट्टा गरिन्। उनी बुधबार डिस्चार्ज हुनेछिन्। रक्तचाप अत्याधिक फेरबदल भएपछि चिकित्सक ममता बरालको सल्लाह अनुसार शनिबार उनलाई अस्पताल भर्ना गरिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

एसीसी यु १९ एसिया कपः नेपालद्वारा भारत १७६ मा अल आउट


काठमाडौं, असार १२ – मलेसियामा भइरहेको  एसिसी यु-१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १७६ रनमा अल आउट गरेको छ। टस जिती फिल्डिङ रोजेको नेपालले खेल सकिन २८ बल बाँकी रहँदा भारतका सबै विकेट झारेको हो।    भारतको विकेट झार्ने क्रममा भुवन कार्की र राहुल विश्वकर्माले सर्वाधिक तीन विकेट लिएका हुन्। त्यसैगरी सागर पुनले दुई विकेट लिए। पृथु बाँस्कोटा र अविनाश कर्णको नाममा एक-एक विकेट रह्यो। पढ्नेक्रम जारी राख्नुहोस्