Monthly Archives: जुन 2012

फेरि पनि जग्गा कव्जा गर्ने माओवादीको धम्की


१३ असार, काठमाण्डौं – सशस्त्र द्धन्द्धकालमा कब्जा भएका घर जग्गा फिर्ता हुने आसमा बसेका बर्दिया र बाँकेका पीडित नेकपा-माओवादीले फेरि जग्गा कब्जा गर्ने धम्की दिएपछि थप निरास भएका छन् । एकीकृत नेकपा माओवादीबाट छुट्टएिको नेकपा-माओवादीले फेरि व्यक्तिको जग्गा कब्जा गर्ने चेतावनी दिएको छ । उक्त दलका अध्यक्ष मोहन बैद्य एकीकृत नेकपा माओवादीमा हुँदा पनि कब्जा जग्गा फिर्ता गर्न नहुने पक्षमा रहनुभएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

रामचन्द्र किन रोए अस्पतालमा ?


१३ असार, काठमाण्डौ – शिक्षण अस्पताल महाराजगंजको सघन उपचार कक्षमा भर्ना गरिएका कांग्रेस उपसभापति रामचन्द्र पौडेल जुन कारणले त्यो हालतमा त्यहाँ पुगे, त्यो पीरले अझै पनि उनलाई छाडेको छैन् । त्यसैले होला सोमबार बिहान सवा आठ बजे कांग्रेस नेता ज्योती कोइराला र पत्नी इन्दिरा वस्नेत त्यहाँ पुग्दा पौडेल सुँक्क सुँक्क रोइरहेका थिए । र, शुभचिन्तकचाहिं रामचन्द्रका रसाएका आँखा रुमालले पुछ्दै थिए । आखिर किन रोइरहेका थिए त अस्पतालमा रामचन्द्र ? पढ्नेक्रम जारी राख्नुहोस्

युरो २०१२ को पहलो सेमिफाइनल आज पोर्चुगलविरुद्ध स्पेन भिड्दै


डोनेस्क, असार १३ (एजेन्सी)- फ्रान्सलाई हराउँदै युरो २०१२ को सेमिफाइनल पुगेको स्पेनले बुधबार पोर्चुगलको सामना गर्दा अझै बढी रोमाञ्चक चुनौती सामना गर्नुपर्नेछ। पछिल्लो भेटमा पोर्चुगललाई ४-० ले नतिजा सुम्पिए पनि स्पेनको इतिहास युरो २०१२ सेमिफाइनलको प्रतिद्वन्द्वीसँग समृद्ध छ। पढ्नेक्रम जारी राख्नुहोस्

पहिरोले बगाएर महिलाको मृत्यु


खगेन्द्र अधिकारी, ताप्लेजुङ, असार १३- ताप्लेजुङको मेहेलेमा गएराति गएको पहिरोले बगाएर एक महिलाको मृत्यु भएको छ। पहिरो जाँदा बेपत्ता मेहेले १ की ५० वर्षीया मनकुमारी राई मृत अवस्थामा फेला परेकी स्थानीय खुवा निमावीका शिक्षक जीवन राईले बताए। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल यु-१९ क्रिकेटको समूह चरणवाटै बाहिरियो


भारतसंग ८१ रनले पराजित
१२ असार, काठमाण्डौं – मलेसियामा जारी एसीसी अण्डर -१९ एसिया कप क्रिकेटमा आफ्नो अन्तिम नेपाल भारतंग ८१ रनले पराजित भएपछि नेपाल समूह चरणवाटै बाहिरिएको छ । क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा वर्षाका कारण खेल ४७ ओभरमा छोट्टाइएको खेलमा १ सय ७३ रनको लक्ष्य पछ्याएको नेपाल २७ दशमलब ३ ओभरमा ९१ रनमै समेटिएपछि नेपाल समूह चरणवाटै बाहिरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री उम्मेदवार दिन कांग्रेसलाई सात दिनको म्याद


काठमाडौं, असार १२  – एमाले सचिव शंकर पोखरेलले कांग्रेसलाई सहमतिको प्रधानमन्त्री उम्मेदवार प्रस्तुत गर्न एक साताको म्याद दिएका छन्। त्यसभित्र नाम नदिए एमालेले विकल्प दिने उनको भनाइ छ।  ‘कांग्रेसको नेतृत्वमा कूनै विवाद छैन, तर उसले उमेदवारी तय नगर्ने हो भने अरु दलको नेतृत्वमा सहमति गर्नुपर्छ,’ राजधानीमा सोमबार आयोजित साक्षात्कारमा सचिव पोखरेलले भने, ‘यसरी कामचलाउ सरकारलाई लामो समय राखिरहन मिल्दैन।’ पढ्नेक्रम जारी राख्नुहोस्

ऋचा छक्क परिन्- यो मेरै पेटबाट निस्केको छोरा हो ?


काठमाडौं, असार १२ – आइतबार बिहान छोरा जन्माएकी अभिनेत्री ऋचा घिमिरेलाई भेट्न राजधानीको ओम अस्पतालमा सोमबार कलाकारको भीड लाग्यो। ‘यो मेरै पेटबाट निस्केको छोरा हो भनेर एकछिन छक्क परेकी थिएँ,’ ऋचाले ठट्टा गरिन्। उनी बुधबार डिस्चार्ज हुनेछिन्। रक्तचाप अत्याधिक फेरबदल भएपछि चिकित्सक ममता बरालको सल्लाह अनुसार शनिबार उनलाई अस्पताल भर्ना गरिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

एसीसी यु १९ एसिया कपः नेपालद्वारा भारत १७६ मा अल आउट


काठमाडौं, असार १२ – मलेसियामा भइरहेको  एसिसी यु-१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १७६ रनमा अल आउट गरेको छ। टस जिती फिल्डिङ रोजेको नेपालले खेल सकिन २८ बल बाँकी रहँदा भारतका सबै विकेट झारेको हो।    भारतको विकेट झार्ने क्रममा भुवन कार्की र राहुल विश्वकर्माले सर्वाधिक तीन विकेट लिएका हुन्। त्यसैगरी सागर पुनले दुई विकेट लिए। पृथु बाँस्कोटा र अविनाश कर्णको नाममा एक-एक विकेट रह्यो। पढ्नेक्रम जारी राख्नुहोस्