तपस्वी बम्जन सहित चारजनालाई पक्राउ पुर्जी


१६ असार, काठमाण्डौं – तपस्वी रामबहादुर बमजनविरुद्ध जिल्ला वन कार्यालय बाराले पक्राउ पुर्जी जारी गरेको छ । अवैध रूपमा वन अतिक्रमण गरेको आरोपमा कार्यालयले बमजन र उनका चार अनुयायीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । बमजनसहित बोधी श्रवण धर्म संघका कार्यवाहक अध्यक्ष जसबहादुर वाइबा, सचिव रामकुमार थिङ, सदस्य बालहरि राई र दर्शन लिम्बूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रमुख वन अधिकृत रामनन्दन साहले बताए । वन अतिक्रमण गरेकाले उनीहरूविरुद्ध वन ऐनबमोजिम कारबाही गर्न पक्राउ पुर्जी जारी गरिएको उनको भनाइ छ ।

‘पक्राउ गर्न प्रहरीलाई पत्राचार गरिसकिएको छ,’ साहले भने, ‘पक्राउ परेपछि वन ऐनअनुसार कारबाही हुन्छ ।’ प्रहरीले संघको नाममा रहेको बैंक खाता रोक्का गर्न सम्बन्धित बैंकलाई पत्राचारसमेत गरेको छ । इलाका प्रहरी कार्यालय सिमराका इन्स्पेक्टर केपी शर्माले सिमरास्थित एभरेष्ट बैंकमा संघको नाममा रहेको खाता रोक्का गर्न पत्र पठाइएको जानकारी गराएको खबर आजको सौर्य दैनिकले छापेको छ ।  संघका पदाधिकारीले अकुत रूपमा कमाएको सम्पत्तिसमेत जफत गरिने उनले बताए । शर्माका अनुसार हिमालयन, बंगलादेश बैंक र बैंक अफ काठमाडौंमा रहेका उनीहरू सबैको खाता रोक्का गर्न पत्राचार गरिएको छ ।

Source: onlinekhabar

One response to “तपस्वी बम्जन सहित चारजनालाई पक्राउ पुर्जी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.