Daily Archives: 30/06/2012

सुनको सिक्रिले गोली छेकेपछि…….


सुनका गहनाका कारण हामीकहाँ कतिपयको ज्यानै जाने गरेको छ । कतिपय महिलाले सुनका गहना लगाएकै कारण लुटेराहरुको आक्रमणबाट ज्यान गुमाउनुपरेको छ भने कतिपय घाइते हुनुपरेको छ । अर्थात् हामीकहाँ यो पहेँलो धातु सुन ज्यानमारा बनिरहेको छ । तर रुसमा भने सुनको सिक्रि लगाएकै कारण एक व्यक्तिको ज्यान बँचेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तपस्वी बम्जन सहित चारजनालाई पक्राउ पुर्जी


१६ असार, काठमाण्डौं – तपस्वी रामबहादुर बमजनविरुद्ध जिल्ला वन कार्यालय बाराले पक्राउ पुर्जी जारी गरेको छ । अवैध रूपमा वन अतिक्रमण गरेको आरोपमा कार्यालयले बमजन र उनका चार अनुयायीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । बमजनसहित बोधी श्रवण धर्म संघका कार्यवाहक अध्यक्ष जसबहादुर वाइबा, सचिव रामकुमार थिङ, सदस्य बालहरि राई र दर्शन लिम्बूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रमुख वन अधिकृत रामनन्दन साहले बताए । वन अतिक्रमण गरेकाले उनीहरूविरुद्ध वन ऐनबमोजिम कारबाही गर्न पक्राउ पुर्जी जारी गरिएको उनको भनाइ छ । पढ्नेक्रम जारी राख्नुहोस्

त्रिविको स्ववियु कार्यालयमा आगजनि


१६ असार, काठमाण्डौं – त्रिभुवन विश्व विद्यालय केन्दि्रय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुमा अज्ञात समूहले आगजनि गरेको छ । आगालागिबाट २०२१ साल देखिका अहिले सम्मका कागजपत्र, कम्प्युटर, फर्निचर लगाएतका सबै सामान जलेर नष्ट भएका छन् । त्रिवि नियमावलीमा २०३६ सालदेखी मात्रै स्ववियुको प्राबधान भएपछि त्यहाँ २०२१ सालमै विद्यार्थीहरुले स्ववियु निर्माण गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्