जन्ती बोकेको जिप दुर्घटना, दुईको मृत्यु


राजविराज, असार १५ – सप्तरीको रुपनी चौकमा बिहीबार राति जन्ती लिएर गइरहेको म्याजिक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। रायपुर-६ बाट रायपुर-८ मा जन्ती लिएर गइरहेको ना.१ज २८६० नम्बरको जिप एक्कासि पल्टिँदा गम्भीर घाइते भएका रायपुर-६ निवासी सीताराम यादवका छोरा २० वर्षीय रामकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

उच्च गतिमा रहेको जिप अनियन्त्रित भई पूर्व-पश्चिम राजमार्गस्थित रुपनी चौकबाट राजविराज जाने मोडमा पल्टिँदा जिपमा सवार यादवलाई चेपेको थियो।

दुर्घटनामा सप्तरी रायपुर-५ का २२ वर्षीय कृष्णदेव यादव, ६५ वर्षीय भिखन यादव, धरान-८ का २५ वर्षीय विवेक मण्डल, झुम्का-२ का २० वर्षीय अजय साह, राजविराज-८ का सञ्जय यादव र सिरहाको लहान-१ का लक्ष्मीनारायण साह घाइते भएका छन्।

घाइतेहरूको रायपुरस्थित युनिक अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये सञ्जय यादव र लक्ष्मीनारायण साहको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

दुर्घटनाग्रस्त जिपका चालक फरार रहेको र जिप धनी खोक्सर प्रवाहा-३ का खुबलाल यादवलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रुपनीका प्रहरीनायब निरीक्षक विश्वनाथ यादवले जानकारी दिए।

यसैगरी, सप्तरीको मानराजा गाविसमा ट्र्याक्टरको ठक्करले बिहीबार फुलकाही-२ का १९ वर्षीय धनेश्वर ठाकुरको मृत्यु भएको छ।

जन्ती बोकेको स१त २७६३ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनापछि फरार भएका चालकको खोजी भइरहेको र ट्र्याक्टरलाई इलाका प्रहरी कार्यालय बोदे बर्साइनको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ। रासस

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.