शिक्षकको १६ लाख तलव लुटियो


तेह्रथुम, असार १४ – तेह्रथुम सदरमुकाम म्याङलुङ वाट तलव लिएर विद्यालय तर्फ जादै गरेका दुई जना शिक्षकको साथ वाट अज्ञात समूहले १६ लाख रुपैयाँ लुटेर फरार भएका छन् । सदरमुकाममा रहेको नेपाल बैंक लिमिटेड बाट तवल लिएर जादै गरेका पोखरी उच्च मावी छातेढुंगाका कार्यालय सहयोगी चुडामणी घिमिरेको साथ बाट १२ लाख र सरस्वती निमावी छातेढुंगाका अर्का शिक्षक लोकनाथ पकुवालको साथ बाट ४ लाख ४ हजार गरी १६ लाख ४ हजार रुपैंया हिजो बेलुकी ८ बजे लुटीएको हो ।

विद्यालयका सम्पुर्ण शिक्षकको तलव लिएर आएका उनीहरुलाई  छातेढुंगाको २ र ३ नम्वर वडाको विचको जंगलमा १५/१६ जनाको नकावधारी समुहले लुटेको पोखरी उच्च मावीका प्रध्यानाध्यापक मेदिनी संग्रौलाले बताए । लुटेरा समूहले खुकुरी र लाठी देखाएर पैसा लुटेको प्रअ संग्रौलाले बताए । प्रहरीले पैसा लुटिने दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको जनाएको । पैसा लुट्ने लुटेरा समुहको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पैसा लुटीएको स्थान सदरमुकाम म्याङलुङ  वाट एक दिनको पैदल दुरीमा पर्छ ।

Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.