नेपाली श्रमिकको माग बढिरहेको सम्बन्धमा सरकारले पनि सही बाटो लिएर काम गर्नुपर्ने बेला आएको छ


भुवन पौडेल, सहचारी, नेपाली दूतावास, कुवेत

आज नेपालीहरू प्रत्येक दिन हजारौंको सख्यामा अरू मुलुकमा काम गर्न जान बाध्य छन् । यीनै नेपालीले जगेडा गरी पठाएको रकममा सम्पूर्ण देशको अर्थतन्त्र अडेको छ । कुल गार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीमा गएका नागरिकले पठाएको रकमको हिस्सा करिब २० प्रतिशत हुन आउँछ । अर्थतन्त्रको पाँच भागको एक हिस्सा ऒगटेको यस क्षेत्रलाइ सुरक्षित र मर्यादित बनाउने दिशामा राज्यले कति लगानी गरेको छ ? अनि कसरी वैदेशिक रोजगारीमा नागरिक गइरहेका छन् ? के सरल र सजिलै गएका छन् ? प्रक्रिया पारदर्शी छ ? अनि उनीहरूको कामको सुरक्षा (Job Security) वा ज्ञारेन्टी (Guarantee) छ ? विमा लगायतका प्रावधान प्रयाप्त छन् ? आज यी लगायत वैदेशिक रोजागारमा यावत् प्रश्नहरूको जवाफ राज्यले स्पष्ट पार्नुपर्ने बेला आएको छ ।

करिब ३५ लाख नेपाली विदेशमा श्रम पसिना बगाइरहेका छन् भने यो संख्या प्रत्येक वर्ष ३ देखि ४ लाखसम्म थपिरहेको छ र नयाँ गन्तव्य पनि बढ्दै गइरहेका छन् । आज १०८ मुलुकलाइ रोजगारीको लागि खुल्ला गरिएको छ । दिन प्रतिदिन नेपाली श्रमिकको माग बढिरहेको सम्बन्धमा सरकारले पनि सही बाटो लिएर काम गर्नुपर्ने बेला आएको छ । आज वैदेशिक रोजगारीमा देखिएका अनेकौ विकृतिहरूलार्इ समयमै निराकरण गर्न कडा रूपमा मैदानमा खट्नै पर्दछ । कर्मचारीमा पनि श्रम मन्त्रालय र मातहतका निकायमा जानु भनेको पैसा कमाउनु हो भन्ने जुन मानसिकता छ र त्यसको लागि मोटो रकम पोसेर जाने गरिन्छ भन्ने गुनासो छ, यस प्रथाको अन्त्य हुनैपर्छ । अर्कोतर्फ वैदेशिक रोजगारसँग प्रत्यक्ष संलग्न रहने निकायहरू बीचको समन्वयको अभावको कारण ठुलो समस्या सिर्जना भएको छ ।

श्रम र अध्यागमनबीच सहजता र समन्वय नहुँदा श्रम स्वीकृत लिएर आउँदा पनि विमानस्थलमा अनायसै दुःख झेल्नु परेको तथा कतिपयले टिकट तथा रोजगारी नै गुमाउनु परेको छ । विदेशमा त दोस्रो दर्जामा हेरिन्छ नै, आफ्नै मुलुकमा समेत यस किसिमको व्यवहार अवश्य उचित होइन । वैदेशिक रोजगारीमा कामदारलार्इ कार्यस्थलमै सहयोगी बन्ने निकाय भनेका सम्बन्धित मुलुकमा रहेका दूतावास हुन् । जसले वास्तविक समस्या नजिकैबाट बुझिरहेको हुन्छ ।

तर, दुःखको कुरा कति मुलुकमा राज्यको उपस्थिति मानिने मिशन नै स्थापना भएका छैनन् भने स्थापना भएका ठाउँमा पनि अत्यावश्यक स्रोत साधनको अभावमा गुज्रनु परेको छ । त्यस्तै आवश्यक अधिकार नदिनु र दूतावासले अनुरोध र सिफारिस गरेको कुरा कार्यन्वयन नगर्नाले पनि समस्या जटिल हुँदै गएको छ । जसरी भए पनि रोजगारीको नाममा मुलुकबाहिर धकेल्नु भन्दा पनि व्यवस्थित र मर्यादित तवरले बरू थोरै पठाउनु जायज देखिन्छ । उदाहरणको रूपमा कोरियामा नेपाली पठाउने जुन प्रक्रिया छ त्यसले गर्दा कामदार उक्त मुलुकमा गएर पनि समस्यामा पर्ने सम्भावना न्युन छ । जसको कारण नेपाल सबैभन्दा उत्कृष्ट ठहरिएर पुरस्कृत समेत भयो । आज त्यस्तै राम्रो गन्तव्य मानिने इजरायलले केही समयको बन्द पश्चात पुनः नेपालीलार्इ खुल्ला गरेको छ । बजारमा इजरायल जान धेरै इच्छुक देखिन्छन्र तर लागत सुने बुझे नुसार सातदेखि दश लाख लगानि गर्नु पर्ने । कस्तो विडम्वना ? काम गर्न जानु यति मोटो रकम तिर्नु जायज छ त ? सरकारले इजरायल सरकारसँग समन्वय गरेर के पठाउन सक्दैन त ?

आखिर आफ्ना नागरिकको सुरक्षित र सुलभ तरिकाले देशमा त रोजगारी दिन नसके पनि दोश्रो मुलुकमा पसिना बगाउन ब्यवस्थित तरिकाले पठाउनु पर्छ । पहिले कोरियामा नेपाली पठाउँदा म्यानपावर एजेन्सीहरूले मोटो रकम लिने गरेको कारण कोरियाले केही समय बन्द गरि हाल अति व्यवस्थित र पारदर्शी तवरबाट न्यून लागतमा जान पाएका छन् । गरेपछि असम्भव त हुँदो रहेनछ नि ! के यही सूत्र अन्य मुलुकमा लागू गर्न सकिँदैन । आज कतिपय बहुराष्ट्रिय कम्पनीले नेपाली कामदार ल्याउन मान्दैनन, खाडीका केही देशमा त अनिवार्य रूपमा स्रोत देशमा कामदार खोज्ने व्यवसायीलार्इ निश्चित रूपमा केही रकम सर्भिस चार्जको रूपमा रोजगारदाताले अनिवार्य निश्चित रकम वुझाउनुपर्ने प्रावधान छ । बहुराष्ट्रिय कम्पनीको तर्क के हुन्छ भने नेपालका व्यवसायी र एजेन्टले गरिब कामदारबाट बढी रकम असुल्छन । अनि हामीसगँ प्रति प्रश्न गर्छन- सरकारले सोझै पठाउँदैन ? हामीसगँ एउटै उत्तर हुन्छ- उही एजेन्ट ! आज अज्ञात रूपमा मानव तस्करीमा लागेका एजेन्टको बदमासीका कारण धेरै नेपालीले छोटो समयमा धेरै कमाउन अत्यन्तै जोखिम मोलेर अफगानिस्तान र इराक पुगेको छन् भने कतिले ज्यान पनि गुमाइसकेका छन्, जहाँ रोजगारीका लागि प्रतिबन्ध लगाइएको थियो । अफगानिस्तानमा भने अझै पनि खुल्ला गरिएको छैन भने इराकमा पनि नयाँ पठाउन खुल्ला गरिएको छैन । केवल त्यहाँ कार्यरतलाइ मात्र व्यबस्थित गर्न खोजिएको हो । तर, वास्तविकता अर्कै छ र नियन्त्रण वाहिर पुगेको छ ।

वैदेशिक रोजगारीको क्षेत्रलार्इ व्यवस्थित, मर्यादित, शोषणमुक्त र सुरक्षित बनाउने मामिलामा सरकार नै अग्रसर तथा तत्पर हुनु पर्दछ । वैदेशिक रोजगारीलार्इ तत्कालको बेरोजगारी समस्या हल गर्न र भविष्यमा स्वदेशमा रोजगारीको ग्यारेन्टीको वातावरण सृजना गर्ने दृष्टिकोणका साथ पहल चाल्नु पर्दछ । बैदेशिक रोजगार प्रवर्दन बोर्डको गठन हालैका दिनमा सरकारले लिएको कदममध्ये सवैभन्दा स्वागत योग्य हो र यसलाइ अझ वढी अधिकार सम्पन्न बनाउनु पर्ने देखिन्छ ।

बोर्डको तत्परता र सहयोगको कारण धेरै देशमा आज रकमको अभावमा शव अलपत्र परेका छैनन । वैदेशिक रोजगारमा जान चाहनेहरूको लागि पर्याप्त गन्तव्य मुलुकको रहनसहन, धर्म सस्कृति, आफू काम गर्न जान लागेको कम्पनी कामको प्रकृति लगायतका विषयमा जानकारी दिन तालिमको व्यवस्था भएमा सम्बन्धित मुलुकमा आए पश्चात ठूलो राहत मिल्छ भने निर्दोष कामदार ठगिनबाट पनि बच्न सक्छन । त्यस्तै अर्को महत्वपूर्ण त्यहाँको भाषा हो, जसको कारण धेरै दुर्व्यबहार व्यहोर्नु त छँदैछ भने अनायसै कष्ट पनि पाएका छन् । विशेष गरी घरेलु काममा जानेहरूको हकमा त यो ठुलो समस्याको रूपमा छ ।

सरकार नै आम नागरिकको अभिभावक भएकोले पहिलो दायित्व तथा नेतृत्व लिएर पर्याप्त काम गर्नु पर्ने बेला आएको छ । भोलिका दिनमा कोही पनि ठगिन तथा अन्यायमा नपरोस भनि दिर्घकालिन दृष्टिकोण सहित प्रष्ट खाका लिएर कदम चाल्नै पर्छ । वेटरमा भनेर मरूभूमिमा भेडाको काममा पठाएर आएको एक महिनामै मृत्यु भएको एउटा उदाहरणलार्इ लिने हो भने सरकारले व्यवसायीहरूलाइ पूर्ण नियन्त्रण गर्न नसकेको वा गर्न नचाहेको स्पष्ट झल्किन्छ । के यस्तो गलत कार्य गर्ने एजेन्ट तथा म्यानपावर कम्पनीलार्इ कार्वाही नगर्ने त ? दोषी मृतक की झुक्याएर पठाउने म्यानपावर ? गलत कार्य गर्ने र व्यवसायको नाममा कलङ्कहरूलार्इ हदैसम्मको कार्वाही गर्ने आटँ गर्नुपर्छ ।

यो त एउटा सानो उदाहरण मात्र हो । अरू कति जिउँदै लाश भएर बस्न बाध्य भएका छन् ’cause उनीहरूलार्इ सधै आफू आउँदा लिएको ऋण चुक्ता गर्ने चिन्ता, परिवारको पालनपोषणको चिन्ता र आफै पनि सुखसँग वाँच्ने चिन्ता सवैले सताइरहेको हुन्छ । यस्तो समस्यालाइ निराकरण गर्न संवन्धित निकायविच पारस्पारिक समन्वय, सूचनाको आदानप्रदान र निरन्तर रूपमा नियन्त्रण, निरिक्षण र अनुगमन गरिरहनु ज्यादै नै आवश्यक हुन्छ अनि मात्र कामदारले सुरक्षित र मर्यादित अनुभव गर्न सक्दछन् । अनि विशेष गरी खाडी राष्ट्रको लागि ठकुवा गरेर भन्न सकिन्छ कि यदि सरकार एक कदम अगाडि बढेर आफैँ अग्रसर भएर पठाउने हो भने कुनै पनि कामदार आउँदा एक कौडी पनि तिर्नु पर्दैन र सरकारको लागेको खर्च पनि रोजगारदाताले उपलब्ध गराउँछन् । खाडिको तलब स्केलमा पनि अवश्य बृद्धि हुने छ र समान कामका लागि सवै कम्पनीमा एकै प्ररकारको सेवा सुविधा दिलाउन सकिनेछ । अर्को तर्फ कम्पनीले गर्ने व्यवहारमा पनि परिवर्तन देखिनेछ, भने बढी जिम्मेवारी देखिनेछन् ।

(नोटः यी मेरा नितान्त व्यक्तिगत अभिव्यक्ति हुन् र कुनै पनि हालतमा संस्थागत प्रतिनिधित्व गर्दैनन् )

2 responses to “नेपाली श्रमिकको माग बढिरहेको सम्बन्धमा सरकारले पनि सही बाटो लिएर काम गर्नुपर्ने बेला आएको छ

  1. Bhauvan Sir,
    You and your statement absolutely right. However, i would like to add one more suggestion, Yes Nepali images, loyalty and their hardwork have been well illustrated in the Middle East, Soth-East and far East, However, our income and remittance rates are $200 per head, The goverment should educate our citizen introducing training institute and make them atleast semi skills in certain fields. This would definitely increase our income from $200 to atleast $ 400.

    Kind regards.

    Rajendra

  2. भुवन सर तपाइको आर्टिकल निकै राम्रो लाग्यो: खास भन्ने हो भने नेपाल श्रम बिभाग र पररास्ट्र मन्त्रालयमा खाडी मुलुकको भिसा नबिकरण गर्ने बेलामा कुन क्यातोगरिको भिसा हो भन्ने ’boutमा त्यति अबलोकन गर्दैनन/-हाम्रो नेपाली दुत्तवासको स्थापना भए लगतै कम्तिमा पनि २०० सय देखि ३०० सम्म नेपाली दाजुभाई हरु अब्दाली देखि लिएर वाफ्राको भेदी बाख्री चराउने देखि लिएर खेति किसान को काम आबद्ध छन: के हाम्रो नेपाली दुत्तवास कुवैत ले त्यस्ता ब्याक्ति या कुनै पनि एजेन्ट हरुले भिसा नबिकरण गर्नु आउदा ति खेति किसान र भेदी बाख्री चराउने को भिसामा लाइ किन रोक लगाउदैं? उदाहरणको लागि ति कामदार ल्याउने एजेन्ट हरुले नेपाली दुत्तवासमा भिसा नबिकरण गर्दा झुक्काएर काम गर्छन भने जुन काममा भनी कामदार लाइन्छ ति ब्याक्ति लाइ अर्को काममा लगाइन्छ भने ति कामदार ल्याउने कुनै पनि ब्याक्ति लाइ किन कारबाई हुदैन? अहिले कुवेतमा पहिलाको भन्दा धेरै फरक छ/-फरक कसरि छ भने नेपाली दुत्तवास स्थापना भए लगतै घरेलु कामदारमा कुवैत आउने नेपाली चेली हरुको बढ्यो चाप भयो नेपाली दुत्तवास कुवैतले पनि त्यति सास्ती भोग्नु परेको छ/-अहिले यो अबस्थामा त् नेपाली चेलीहरु खसी को भाउमा बिक्रि हुन् लागे ५०० कुवेती दिनर देखि ७०० दिनर सम्म/-कुवैत मा अहिले सम्मको नावावोली मा ३००० हजार नेपाली इलिगल रहिछन/-त्यसरी त्यतिका नेपाली हरु किन गैर कानुनी रुपमा कुवैतमा बस्दै आएको छन त्?कुवैतमा घरेलु कामदारमा काम गर्ने नेपाली चेली हरु १०० मा ३०% ले मात्र समयमा तलब पाउने खान बस्नको सुबिधा लिएको छन भने ७०% घरेलु कामदारमा रहेको कामदार हरुले आफुले पाउनु पर्ने सुबिधा बात बन्चित भएको छन/-तिनी हरुको मर्म कसले भुज्ने ? दुत्तवासको सेल्टरमा किन शरण लिन आउछन? तिनी हरुको भिसा दुत्तवास मा नबिकरण गर्दा तिनी हरुको बिबरण अबस्य पनि दुत्तवासको लिस्ट मा होला/-ति नेपाली चेली हरुलाई कुवेतमा लिएर बिचल्ली पारि दुतावास को सरणमा पठाउने व्यक्ति को हुन् त तिनी हरुलाई किन कारबाही हुदैन?बास्तबमा राज्यको धुकुदी नहेरेर ति घरेलु कामदारमा आउने नेपाली चेली हरुको लागि कुनै ब्यबस्थित तरिका बात नेपाली दुत्तवास कुवेतले भिसा नबिकरण गरे त्यतिको चेली हरु दुत्त्वासको सरणमा आउने थिएनन्कि? हामी बाहिरको ब्याक्ति हरुले घरेलु कामदारमा आएको नेपाली चेली हरुको कथा बेथा भुज्दा कुनै घर मालिक हरुले समयमा तलब नदिने कुनै लाई खान बस्नको सुबिधा बात बन्चित त् कुनै घर मालिक बात सोषित पिडित त कुनै घर बात एजेन्ट मा फिर्ता आए पछी ति एजेन्ट को कुटाइ बात पिडित:अहिले नेपाली दाजु भाई र बिदेशी हरु पनि घर देखि घरेलु कामदार भगाउनु मा निकै सक्रिय देखिन्छन/-हुन् पनि मालिक को घरमा बेतलब बस्नु भन्दा एजेन्टको मा आएर कुटाई खानु भन्दा कसैको सहारा लिएर गैर कानुनी रुपमा बस्नु नै उनि हरु खुसि ठान्छन होला/-कति पय त् हाम्रो नेपाली दाजु भाई मेनपावर चलाउने हरुले नै अबधि भरी कुवैतको घरमा बस्नु लगाएर फेरी आफैले भाग्नु लगाएर फेरी बढी कमिसन लिएर महिना महिनामा काम लगाउदै घरेलु कामदार बात महिनाको १०० दिनर कमिसन लिदै गर्ने नेपाली दाजु भाई हरु पनि निकै भेटिएको छन/-न ति कामदारको भिसा छ न तिनी हरु भनेको बेलामा स्वदेश फर्कनु सक्छन/-हाम्रै मेनपावर मा काम गर्ने नेपाली दाजु भाई हरुले ति ब्यबहार गरेको देखिन्छ/-

    धन्य बाद
    दिल बहादुर पुन

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.