घरपरिवारले माया मारेको मान्छे आँगनमा टुप्लुक्क
१४ असार, काठमाडौं -फेसबुकले कति मान्छेलाई प्रहरी खोरमा पुर्याएको छ । कतिको घरपरिवार र आफन्तसित मनमुटाब बढाएको छ । कर्मचारी बरालिए भनेर कतिपय कार्यालयमा फेसबुक चलाउन बन्देज पनि लगाइएको छ । तैपनि नयाँनयाँ जानकारी आदानप्रदान, सूचना बाँडफाँड, नयाँ साथीसँगी र प्रीयजन भेट गर्ने थलोको रुपमा फेसबुक परिचित बन्दै गएको छ । यतिमात्र होइन २७ वर्षसम्म घरपरिवारबाट टाढा भएका एकजना मान्छेलाई फेसबुकले नै घरपरिवारको सम्पर्कमा ल्याइदिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 28/06/2012
२७ वर्षदेखि बेपत्ता भएकालाई फेसबुकले भेटाइदियो
नेपाली श्रमिकको माग बढिरहेको सम्बन्धमा सरकारले पनि सही बाटो लिएर काम गर्नुपर्ने बेला आएको छ
भुवन पौडेल, सहचारी, नेपाली दूतावास, कुवेत
आज नेपालीहरू प्रत्येक दिन हजारौंको सख्यामा अरू मुलुकमा काम गर्न जान बाध्य छन् । यीनै नेपालीले जगेडा गरी पठाएको रकममा सम्पूर्ण देशको अर्थतन्त्र अडेको छ । कुल गार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीमा गएका नागरिकले पठाएको रकमको हिस्सा करिब २० प्रतिशत हुन आउँछ । अर्थतन्त्रको पाँच भागको एक हिस्सा ऒगटेको यस क्षेत्रलाइ सुरक्षित र मर्यादित बनाउने दिशामा राज्यले कति लगानी गरेको छ ? पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
कुर्सीका लागि हानथाप गरेको होइनः प्रधानमन्त्री
काठमाडौ, असार १४ – राष्ट्रिय सहमतिको पहल गर्नका लागि नागरिक समाजका अगुवा र विभिन्न दलका युवा नेताहरुसाग छलफल गरी सकेको प्रधानमन्त्री बावुराम भट्टराईले बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग छलफल गरेका छन् । छलफलका क्रममा प्रधानमन्त्रीले सहमति र निकासका लागि उद्योग व्यवसायीहरुको तर्फबाट पनि पहल हुनुपर्नेमा जोड दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
रोनाल्डोको पोर्चुगललाई हराउँदै स्पेन युरो कपको फाइनलमा
डोनेस्क, असार १४ (एजेन्सी)- डफेन्डिङ च्याम्पियन स्पेन क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई पेनाल्टी सुटआउटमा हराउँदै युरोकपको फाइनल प्रवेश गरेको छ। आर्थिक मन्दीको दलदलमा फँसेको युरोजोनका दुवै मुलुकहरु आफ्नो देशका जनतालाई केही छिन्को खुशी ल्याउन डेनेस्कको मैदानमा उत्रिँदा स्पेन भाग्यशाली सावित भयो। पेनाल्टी सुटआउटमा स्पेनले पोर्चुगललाई ४-२ ले हरायो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
शिक्षकको १६ लाख तलव लुटियो
तेह्रथुम, असार १४ – तेह्रथुम सदरमुकाम म्याङलुङ वाट तलव लिएर विद्यालय तर्फ जादै गरेका दुई जना शिक्षकको साथ वाट अज्ञात समूहले १६ लाख रुपैयाँ लुटेर फरार भएका छन् । सदरमुकाममा रहेको नेपाल बैंक लिमिटेड बाट तवल पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार, नेपाल समाचार
किसान सिंहदरबारमै सास्ती (मल नलिई कुन मुखले गाउँ र्फकने) ?
काठमाडौ, असार १४ – नुवाकोटमा मल नपाएपछि त्यहाँको खड्गभन्ज्याङका किसान कृष्णप्रसाद धिताल चार दिनदेखि सिंहदरबार धाइरहेका छन् । उनको झोलामा मल ल्याइदिन गाउँका किसानले उठाएको ४ लाख ७५ हजार रुपैयाँ छ । प्रधानमन्त्री कार्यालयको विशेष पास लिएर उनी दिनहुँ सिंहदरबार पस्छन्, पढ्नेक्रम जारी राख्नुहोस्