रामचन्द्र किन रोए अस्पतालमा ?


१३ असार, काठमाण्डौ – शिक्षण अस्पताल महाराजगंजको सघन उपचार कक्षमा भर्ना गरिएका कांग्रेस उपसभापति रामचन्द्र पौडेल जुन कारणले त्यो हालतमा त्यहाँ पुगे, त्यो पीरले अझै पनि उनलाई छाडेको छैन् । त्यसैले होला सोमबार बिहान सवा आठ बजे कांग्रेस नेता ज्योती कोइराला र पत्नी इन्दिरा वस्नेत त्यहाँ पुग्दा पौडेल सुँक्क सुँक्क रोइरहेका थिए । र, शुभचिन्तकचाहिं रामचन्द्रका रसाएका आँखा रुमालले पुछ्दै थिए । आखिर किन रोइरहेका थिए त अस्पतालमा रामचन्द्र ?

शिक्षण अस्पतालमा रक्तचाप बढ्यो भन्दै भर्ना हुनु अघिल्लो बिहान पौडेल कोइराला निवास महाराजगंज पुगेका थिए । अन्य दलहरुले नेपाली कांग्रेसलाई प्रधानमन्त्रीको उम्मेदवार तय गर्न दबाब दिइरहेको सन्र्दभमा पौडेलले कोइरालालाई भने- अब एउटा टुंगो गरौं, अरु पार्टीले अब उम्मेदवार को हो भनेर सोध्न थालिसके, तपाईं पुरानो सहमतिमा कायमै हुनुहोला नी ?

तर सुसशीलले अचम्मसँग जिब्रो चपाए । ‘साथीहरुसँग बसेर के गर्ने हो टुंगाउँला’ भन्ने कुरो सुशीलको मुखबाट सुनेपछि रामचन्द्र खङग्रङ भए । त्यसपछि उनले बुझे- अब पार्टीभित्र बहुमत, अल्पमतको खेलमा बुढाले मलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने भएनन् । सुशील आफैं प्रधानमन्त्रीको उम्मेदवार बन्ने योजनामा लागेपछि रामचन्द्रको रक्तचाप बढेर अस्पताल भर्ना भएको आजको जनआस्था साप्ताहिकले छापेको छ ।

देउवाले पनि नमान्ने, मधेसीले पनि नमान्ने र दक्षिणी छिमेकीले पनि नमान्ने कारण देखाउँदै प्रधानमन्त्रीको लाइनबाट आफुलाई हटाउन लागिएको पीरले बुढा सुँक्सुकाइरहेको कांग्रेसवृत्तमा चर्चा चल्न थालेको छ । गिरिजा प्रधानमन्त्री हुँदै २०६४ सालमा सुशील र रामचन्द्रवीच दीपकुमार उपाध्यक्ष र प्रकाशमानसिंहलाई साक्षी राखेर सम्झौता भएको थियो । जसअनुसार रामचन्द्रले सुशीललाई सभापतिमा सघाउने र सुशीलले रामचन्द्रलाई प्रधानमन्त्री बनाउने । सोही सहमतिका आधारमा अघिल्लो साल १७ पटकसम्म रामचन्द्र प्रधानमन्त्रीमा लडेपनि जित्न सकेनन् । अहिले प्रधानमन्त्री हुने संकेत देखिएपछि सुशील आफैं अघि सरेका छन् ।

 Source: Onlinekhabar

One response to “रामचन्द्र किन रोए अस्पतालमा ?

  1. Ramchandra lai p. mantri dinau huna kangresh jhanai chor6 sabai buda neta harulai 1kai thauma marer aba Yuba bat p. mantri banau nu par6 ani matrai desk ko bikash holaki sala sushil girijalai bhetna jane bela bhaar pani ajai p. mantri bhna6 baru girija le bolaa hola gaa hun6.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.