युरो २०१२ को पहलो सेमिफाइनल आज पोर्चुगलविरुद्ध स्पेन भिड्दै


डोनेस्क, असार १३ (एजेन्सी)- फ्रान्सलाई हराउँदै युरो २०१२ को सेमिफाइनल पुगेको स्पेनले बुधबार पोर्चुगलको सामना गर्दा अझै बढी रोमाञ्चक चुनौती सामना गर्नुपर्नेछ। पछिल्लो भेटमा पोर्चुगललाई ४-० ले नतिजा सुम्पिए पनि स्पेनको इतिहास युरो २०१२ सेमिफाइनलको प्रतिद्वन्द्वीसँग समृद्ध छ। ३७ पटक आमनेसामने हुँदा स्पेनले ९ खेलमा मात्र हार बेहोरेको छ। दक्षिण अफ्रिकामा सम्पन्न विश्वकप २०१० को अन्तिम १६ मा भेट हुँदा स्पेनले पोर्चुगलमाथि १-० को विजय पाएको थियो। पोर्चुगलले त्यसको पाँच महिना नबित्दै विश्वकप हारको सानदार बदला लिने क्रममा लिस्बनमा ४-० को जित दर्ता गरायो। विश्वकप तथा युरोपियन च्याम्पियनसिपको साबिक विजेताले पछिल्लो ४७ वर्षमा भोगेको यो सबैभन्दा फराकिलो हार थियो।

डोनेस्कको डोनबास एरिनामा हुने खेलमा पोर्चुगल त्यही टोलीका ९ खेलाडीलाई पहिलो रोजाइमा उतार्ने तयारीमा छ भने स्पेनको टोलीमा त्यतिखेरका ८ खेलाडी पहिलो रोजाइमा पर्ने अपेक्षा गरिएको छ। दुई वर्षअघि क्रिस्टियानो रोनाल्डोले स्पेनिस रक्षापंक्तिलाई आतंकित पारेका थिए। अफसाइड पोजिसनमा रहेका नानीले हेड नगरेको भए रोनाल्डो करियरकै सबैभन्दा उत्कृष्ट गोल नजिक पुगिसकेका थिए। रोनाल्डोको सटले गोलको दिशा लिन लाग्दा नानीले हेड गरेपछि रेफ्रीले अफसाइड भन्दै त्यसलाई अमान्य करार दिएका थिए।

पोर्चुगाली टोलीमा अहिले पनि रोनाल्डो बढी आशा गरिएका खेलाडी हुन्। स्पेनिस टोलीमा २७ वर्षे रोनाल्डोको रियाल मड्रिडका पाँच खेलाडी हुनुले खेललाई थप रोमाञ्चक बनाउने आशा गरिएको छ। रोनाल्डोका रियाल टिम सहयात्रीलाई उनको खेलशैली थाहा हुनुले पोर्चुगललाई अप्ठेरो पर्न सक्छ भने उनीहरूको खेल शैली बुझेका रोनाल्डो स्पेनका लागि पनि खतरनाक साबित हुन सक्छन्।

नेदरल्यान्डस र चेक गणतन्त्रविरुद्ध खेल जिताउन महŒवपूर्ण भूमिका निर्वाह गरेका रोनाल्डोले अन्तर्राष्ट्रियस्तरमा ठूला प्रतियोगितामा आफूलाई प्रमाणित गर्दैछन्। यस्तो अवस्थामा उनलाई रोक्नु स्पेनिस रक्षकहरूका लागि ठूलो चुनौती हुने अपेक्षा गरिएको छ। ‘पोर्चुगल निकै कठिन प्रतिद्वन्द्वी हुनेछ। उनीहरूसँग थुप्रै स्तरीय खेलाडी छन्। उनीहरू काउन्टर एट्याकमा निकै खतरनाक छन् र अत्यन्तै मेहनती पनि,’ स्पेनका सेस फाब्रिगासले शनिबार फ्रान्सलाई २-० ले हराएपछि भनेका थिए, ‘उनीहरूसँग रोनाल्डो, नानी, राउल मेइरेलेस र जोआओ माउटिन्होजस्ता विश्वस्तरीय खेलाडी छन्।’

४७ प्रतिस्पर्धात्मक खेलमा तीनपटक मात्र हार बेहोरेको स्पेन युरो २००८ र विश्वकप २०१० पछि लगातार तेस्रोपटक मुख्य अन्तर्राष्ट्रिय उपाधि जित्ने अभियानमा छ। तर पोर्चुगलका राइट ब्याक जोआओ परेरा आफ्नो टोलीको वर्तमान फर्ममा बढी नै विश्वस्त छन्। भन्छन्, ‘हामी राम्रो खेलिरहेका छौं। उनीहरू विश्वकप र युरोपियन च्याम्पियनसिपका साबिक विजेता हुन्, त्यसैले हामी उनीहरूलाई सम्मान गर्छौं। तर मैदानमा ११ विरुद्ध ११ हुने भएकाले हामी उनीहरूलाई त्यति धेरै सम्मान पनि गर्दैनौं।’

बिहीबार चेक गणतन्त्रविरुद्धको खेलमा स्ट्राइकर हेल्डर पोस्टिगाले तिघ्रामा चोट बोकेकाले पोर्चुगाली प्रशिक्षक पाउलो बेन्टोले प्रतियोगितामा पहिलोपटक पहिलो रोजाइमा परिवर्तन गर्ने भएका छन्। वेर्डेर ब्रेम्यानका हुगो अल्मेडाले पोस्टिगाको स्थान लिने पक्का हुँदा रक्षकहरू पेपे र फाबियो कोन्ट्राओ पनि चोटबाट मुक्त हुँदै आइतबारदेखि अभ्यासमा फर्किसकेका छन्।

फ्रान्सविरुद्धको खेलपछि स्पेनिस टोलीले खेलाडीको चोटमा कुनै समस्या भोग्नुपरेको छैन, तर प्रशिक्षक भिसेन्टे डेल बोस्कीले पहिलो रोजाइमा आक्रमणको जिम्मा बार्सिलोनाका सेस फाब्रिगासलाई नै दिने वा फर्नान्डो टोरेजलाई फर्काउने भन्ने निर्णय भने लिनुपर्नेछ।
स्पेनले मुख्य तीन अन्तर्राष्ट्रिय प्रतियोगिता जित्ने पहिलो टोली बन्ने लक्ष्य राखेका बेला पोर्चुगल पनि आफैले ८ वर्षअघि आयोजना गरेको युरो २००४ पछि पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा हुनेछ। सेमिफाइनलमा यी दुई टोलीको इतिहास अत्यन्तै फरक छ। स्पेन सेमिफाइनलमा कहिल्यै हारेको छैन भने पोर्चुगलले ५ प्रयासमा एकपटक मात्र अन्तर्राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल जितेको छ।

  स्पेन र पोर्चुगलको हेड टु हेड इतिहास
-१७ नोभेम्बर २०१०, पोर्चुगल ४ स्पेन ०, मैत्रीपुर्ण
-२९ जुन २०१०, स्पेन १ पोर्चुगल ०, विश्वकप अन्तिम १६
-२० जुन २००४, पोर्चुगल १ स्पेन ०, युरोपियन च्याम्पियनसिप समुह चरण
-०६ सेप्टेम्बर २००३, पोर्चुगल ० स्पेन १, मैत्रीपुर्ण
-१३ फेब्रुअरी २००२, स्पेन १ पोर्चुगल १, मैत्रीपुर्ण
-१९ जनवरी १९९४, स्पेन २ पोर्चुगल २, मैत्रीपुर्ण
-१५ जनवरी १९९२, पोर्चुगल ० स्पेन ०, मैत्रीपुर्ण
-१६ जनवरी १९९१, स्पेन १ पोर्चुगल १, मैत्रीपुर्ण
-१७ जनवरी १९८४, पोर्चुगल १ स्पेन १, युरोपियन च्याम्पियनसिप समुह चरण
-२० जनवरी १९८१, पोर्चुगल २ स्पेन ०, मैत्रीपुर्ण
-२६ सेप्टेम्बर १९७९, स्पेन १ पोर्चुगल १, मैत्रीपुर्ण
-१५ नोभेम्बर १९६४, पोर्चुगल २ स्पेन १, मैत्रीपुर्ण
-१३ अप्रिल १९५८, स्पेन १ पोर्चुगल ०, मैत्रीपुर्ण
-०३ जनवरी १९५६, पोर्चुगल ३ स्पेन १, मैत्रीपुर्ण
-०९ अप्रिल १९५० पोर्चुगल २ स्पेन २, विश्वकप छनोट
-०२ अप्रिल १९५०, स्पेन ५ पोर्चुगल १, विश्वकप छनोट
-२० मार्च १९४९, पोर्चुगल १ स्पेन १, मैत्रीपुर्ण
-२० मार्च १०४८, स्पेन २ पोर्चुगल ०, मैत्रीपुर्ण
-२६ जनवरी १९४७, पोर्चुगल ४ स्पेन १, मैत्रीपुर्ण
-०६ मे १९४५, स्पेन ४ पोर्चुगल २
-१३ मार्च १९४५, पोर्चुगल २ स्पेन २, मैत्रीपुर्ण
-१६ मार्च १९४१, स्पेन ५ पोर्चुगल १, मैत्रीपुर्ण
-१२ जनवरी १९४१, पोर्चुगल २ स्पेन २, मैत्रीपुर्ण
-०५ मे १९३५, पोर्चुगल ३ स्पेन ३, मैत्रीपुर्ण
-१८ मार्च १९३४, पोर्चुगल १ स्पेन २, विश्वकप छनोट
-११ मार्च १९३४, स्पेन ९ पोर्चुगल ०, विश्वकप छनोट
-०२ अप्रिल १९३३, स्पेन ३ पोर्चुगल ०, मैत्रीपुर्ण
-३० नोभेम्बर १९३०, पोर्चुगल ० स्पेन १, मैत्रीपुर्ण
-१७ मार्च १९२९, स्पेन ५ पोर्चुगल ०, मैत्रीपुर्ण
-१० जनवरी १९२८, पोर्चुगल २ स्पेन २, मैत्रीपुर्ण
-२७ मे १९२७, स्पेन २ पोर्चुगल ०, मैत्रीपुर्ण
-१७ मे १९२५, पोर्चुगल ० स्पेन २, मैत्रीपुर्ण
-१६ डिसेम्बर १९२३, स्पेन ३ पोर्चुगल ०, मैत्रीपुर्ण
-१७ डिसेम्बर १९२२, पोर्चुगल १ स्पेन २, मैत्रीपुर्ण
-१८ डिसेम्बर १९२१, स्पेन ३ पोर्चुगल १, मैत्रीपुर्ण

 Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.