ईन्द्र भुसाल- २७ जुन, कुवेत
बिगत केही बर्ष पहिला सम्म शुन्य जस्तै कार्यक्रम बिहिन नेपाली समाज कुवेत बितेको २,३ बर्षमा कार्यक्रमको बाढी नै लिएर आएको छ। हरेक महिना नभएपनी २ महिनामा कुनै न कुनै साँस्कृतिक कार्यक्रम कुवेतबासी नेपालीहरुले हेर्ने मौका पाएका छन। संस्थाहरु बाक्लिने क्रम सगै बाहिरी संसारमा कृयाशिल हुन चाहने नेपालीहरुको उपस्थिती पनि बाक्लिदै गएको छ भने नयाँ नयाँ नेपाली कलाकारहरु प्रबासमा रोजगारिको लागि आउने क्रम पनि अत्यधिक बढेको पाईन्छ । कलाकार बढ्दै जानु र कार्यक्रम बाक्लिदै जादा कुवेतमा रहेका प्रबासी पुराना कलाकारहरु पनि खारिदै गएका छन र एल्बल निकाल्ने क्रम पनि बढेर गएको छ । २४ अगष्टमा हुने मित्रता युगल साँझमा यि दुई कलाकारहरुले आफ्नो गलाले कुवेतबासी नेपालीहरुलाई नचाउनेछन ।
प्रसंग २४ अगष्टमा आयोजना हुने “मित्रता युगल” साँझको हो । लालिगुराँस साँस्कृतिक परिवारका अध्यक्ष बि. बि. मल्ल ठकुरी र सचिब डि. बि. लोप्चनको पहिलो एल्बल मित्रता केही समय पहिला बजारमा निस्किएको थियो भने त्यो एल्बलको बिमोचन पनि कुवेत मै गरिएको थियो ।कुवेतको नेपाली समाजमा पहिलो साँस्कृतिक संस्था नेपालकुवेत साँस्कृतिक मञ्च हुँदै आफ्नै पहलमा लालिगुराँस साँस्कृतिक परिवार गठन गरी कार्यक्रम पस्कदै आएका कलाकारहरु बि. बि. मल्ल र डि. बि. लोप्चनले सयुक्त रुपमा यो युगल साझ गर्ने भएका हुन । मित्रता एल्बममा भएका देखी अन्य गितहरुले पनि नेपाली दर्शक नाच्न पाउने छन । कुनै बेला स्टेजमा कार्यक्रम गर्दा ट्याक नै बिर्शन पुग्ने प्रबासी कलाकारहरु आहिले एकल वा युगल कार्यक्रम गर्न सक्ने भएको देख्दा कलाकारहरुको निकै प्रगती भएको पाईन्छ भने उहाहरुले बजारमा निकालेको एल्बमका गितहरु पनि राम्रा रहेका छन । कुनै बेला लोक गीत भन्ने बित्तिकै राजेन्द्र बिरहिको नाम अगाडि रहेको थियो भने उनले एक्लई एकल साँझ सफलता पुर्वक सम्पन्ह गरिसकेका छन । मित्रता युगल साँझका एक गायक डि. बि. लोप्चन राजेन्द्र बिरही बाट आफुले यो स्थान सम्म आउन धेरै माया पाएको हरेक कार्यक्रममा बताउछन । कुवेतको नेपाली समाजमा नाम कमाएका कलाकारहरुलाई यो ठाउँ सम्म पुराउन कुवेतबासी नेपालीहरुको ठुलो माया र मामता रहेको छ भने कलाकार र उसको संगीतलाई संसारमा जानकारी दिन कुवेतमा कृयाशिल दुई अन्लाईन नेपाली मिडियाको उत्तिकै भूमिका रहेको छ तर मिडियालाई भन्दा फेसबुकलाई प्राथमीकता दिने हस्तिहरु पनि धेरै छन यो समाज मा । कलाकार डि. बि. र बि. बि. को युगल साँझ सफल होस् हाम्रो शुभकामना ।