नेविसंघले देशभरका क्याम्पसमा चक्का जाम गर्ने


१२ असार, काठमाण्डौं – प्रधानमन्त्रीको राजीनामा माग्दै विभिन्न आन्दोलन गर्दै आएको नेपाली कांग्रेसको भ्रातृसस्था नेपाल विद्यार्थी संघले आज देशभरका क्यापस अगाडी प्रदर्शन गर्ने भएको छ । सरकार विरोधी अभियान अन्तर्गत आज विहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा देशभरीका क्याम्पस अगाडीका सडकमा चक्का जाम गर्ने नेवि संघले जनाएको छ ।

सोमबार त्रिभुवन बिमानस्थलमा प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई कालो झण्डा देखाउदा ब्यापक प्रहरी दमन भएको भन्दै नेपाल बिद्याथी संघले एक घण्टा चक्काचाम गर्ने भएको हो । शान्तिपूर्णरुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको संविधान प्रदत्त अधिकारमाथि बर्तमान असंवैधानिक सरकारले ठाडो हस्तक्षेप गरेको नेविसंघको आरोप छ । प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झण्डा देखाउन विमानस्थल पुगेका काग्रेस कार्यकर्तालाई प्रहरीले बल प्रयोग पछि केहि घाईते भएका थिए, भने दुई दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको थियो ।

 त्यस्तै सरकारले बढाएको पेट्रोलियम पदार्थको मुल्य र देशभरका किसानहरुले रासायनिक मल नपाएको ’boutमा पनि सरकारको ध्यानाकर्षण गराउने तयारी रहेको नेविसंघका युपी लामीछानेले जानकारी दिनुभयो ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.