नेपाल यु-१९ क्रिकेटको समूह चरणवाटै बाहिरियो


भारतसंग ८१ रनले पराजित
१२ असार, काठमाण्डौं – मलेसियामा जारी एसीसी अण्डर -१९ एसिया कप क्रिकेटमा आफ्नो अन्तिम नेपाल भारतंग ८१ रनले पराजित भएपछि नेपाल समूह चरणवाटै बाहिरिएको छ । क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा वर्षाका कारण खेल ४७ ओभरमा छोट्टाइएको खेलमा १ सय ७३ रनको लक्ष्य पछ्याएको नेपाल २७ दशमलब ३ ओभरमा ९१ रनमै समेटिएपछि नेपाल समूह चरणवाटै बाहिरिएको हो ।

नेपाललाई सस्तैमा समेट्न भारतका विकास मिश्रले ४ तथा सन्दीप शर्मा, मोहसिन सायद र हरमित सिंहले समान दुई-दुई विकेट लिए ।  प्रतियोगितामा ४ विकेट लिएका भारतका विकास मिश्र म्यान अफ दी म्याच घाषित भए । यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको भारत ४५ दशमलब २ ओभरमा सवैविकेट गुमाउदै मात्र एक सय ७६ रन वनाएको थियो । भारतका लागि बाबा अपराजितले सर्वाधिक ५५ रन वनाए भने उन्मुक्त चन्दले ४७ तथा एडी नाथ र हरमित सिंहले १३-१३ रन जोडे । त्यस्तै एस भी सामसन र एसके पटेलले समान ९-९, विकास मिश्रले ६ , एसएस डासले ५ रन जोडे । त्यस्तै सन्दीप शर्मा र भीएच जोलले एक-एक रन लिए ।

भारतका सामू निरिह बनेका नेपालका खेलाडीहरुले खलेर व्याटिङ गर्न सकेनन् । नेपालका लागि भुबन कार्कीले सर्वाधिक २४ रन लिए । यस्तै राजेश पुलामी मगरले १७, राहुल विश्वकर्मा १२, सुवाश खकुरेल ९ रनमा आउट भए । यस्तै सौरभ खनाल र नरेश वुढाएरले समान ५-५ रन लिए। प्रदिप ऐरी र हसिम अन्सारीले समान ४-४ रन लिए भने सागर पुन १ रनमै आवट भए । कप्तान पृथु बाँस्कोटाले र अभिनास कर्णले भने खाता नै खोल्न सकेनन् । राहुल विश्वकर्मा र भुवन कार्कीले समान ३-३ विकेट लिए । सागर पुनले २ विकेट झारे भने पृथु बाँसकोटा र अविनाश कर्णले समान १-१ विकेट लिए ।

Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.