डोटीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु


माइक्रोबस गाडी डडेलधुराबाट महेन्द्रनगर जाँदै थियो
१२ असार, काठमाण्डौ – डडेलधुराबाट महेन्द्रनगर जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । मृत्यु भएका मध्ये भारतीय नागरिक सीता हुसेनको मात्र सनाखत भएको छ । महाकाली यातायातको से १ ख ५०२ नम्बरको माइक्रोबस बिहान करिव सवा आठ बजे डोटी जिल्लाको छतिवन गाविसको रुवसडाँडामा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । डडेलधुराका प्रहरी प्रमुख डीएसपी भरत बोहोराले अहिले प्रहरी घटनास्थल पुगेर उद्दार थालेको जानकारी दिनुभयो । माइक्रोबस घुम्तीबाट एक सय ५० मिटर तल खसेको बताइएको छ ।

घाइतेहरुको नजिकका अस्पतालहरुमा उपचार भइरहेको छ । मृतकको सनाखत गर्ने काम भइरहेको प्रहरीले बताएको छ ।

 Source: Onlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.