ओलम्पिकमा भाग लिने खेलाडीहरु प्रशिक्षणका लागि जाँदै


१२ असार, काठमाडौं – लण्डन ओलम्पिकमा भाग लिने नेपाली खेलाडीहरु प्रशिक्षणका लागि मंगलबार लण्डन प्रस्थान गर्दैछन् ।टोलीमा एथलेटिक्सका प्रमिला रिजाल र तिलकराम थारु, तथा पौडीका श्रेया धिताल र प्रसिद्धजंग राणा र सुटिङकी स्नेहा राणा छन् । करिब एक महिनको प्रशिक्षण पश्चात नेपाली टोलीले ओलम्पिकमा सहभागीता जनाउने छन् । लन्डनमा आयोजना हुने ओलम्पिकमा सहभागी हुने टोलीलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले सोमबार विदाई गरको छ । जुलाई २७ देखि १२ अगष्ट सम्म आयोजना हुने प्रतियोगितामा नेपालका तर्फबाट तीन खेल पौडीमा दुई, एथलेटिक्समा २ र सुटिङमा १ गरी ५ खेलाडीहरु र तीन प्रशिक्षकलाई सहभागी हुनेछन् ।

प्रतियोगितामा प्रशिद्धले ५० मिटर फ्रि स्टायलमा खेल्ने छन् । उनले यो दुरीको खेलमा २७.०४ सेकेन्डको रेकर्ड कायम राखेका छन् । धितालले १०० मिटर फि्रस्टायलमा प्रतिस्पर्धा गर्ने छिन । उनको उक्त दूरीमा १ मिनेट १० सेकेण्डको समय रहेको छ । एथलेटिक्स तर्फ दुवै खेलाडीले १०० मिटरमा प्रतिस्पर्धा गर्ने छन् । उक्त दुरीमा प्रमिला रिजालको १२.६ सेकेन्ड र तिलक राम थारुको ११ सेकेन्डको ईलोक्ट्रोनिक टाईम रहेको छ । त्यस्तै एथलेटिक्सकी स्नेहाले १० मिटर एयर राईफलमा सहभागीता गर्ने छिन् । उनको ३८९ अंकको व्यक्तिगत रेकर्ड रहेको छ ।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.