ऋचा छक्क परिन्- यो मेरै पेटबाट निस्केको छोरा हो ?


काठमाडौं, असार १२ – आइतबार बिहान छोरा जन्माएकी अभिनेत्री ऋचा घिमिरेलाई भेट्न राजधानीको ओम अस्पतालमा सोमबार कलाकारको भीड लाग्यो। ‘यो मेरै पेटबाट निस्केको छोरा हो भनेर एकछिन छक्क परेकी थिएँ,’ ऋचाले ठट्टा गरिन्। उनी बुधबार डिस्चार्ज हुनेछिन्। रक्तचाप अत्याधिक फेरबदल भएपछि चिकित्सक ममता बरालको सल्लाह अनुसार शनिबार उनलाई अस्पताल भर्ना गरिएको थियो। आइतबार बिहान ११:२४ बजे उनले झन्डै चार केजीको स्वस्थ छोरालाई जन्म दिएकी थिइन्। ‘अहिले हल्का पीडा महसुस भएको छ। तैपनि साधारण हिँड्डुल गरिरहेकी छु,’ ऋचाले भनिन्।

निर्देशक पति शंकरकी सानीआमा र ऋचाका आमा, भाउजु र हजुरआमा अस्पतालमै हेरचाहका लागि व्यस्त छन्। ऋचा सुत्केरी भएको सुन्नेबित्तिकै अभिनेत्री अरूणिमा लम्साल अस्पताल पुगेकी थिइन्। आइतबार ऋचा बेहोसीमै रहेकीले आफूलाई भेट्न आएका शुभचिन्तक’bout थाहा पाइनन्।

अहिले आमा र छोराको अवस्था समान्य छ। ५८ केजीकी उनको तौल बढेर ८१ सम्म पुगेपछि अपरेसनबाट बच्चा निकालिएको थियो। अपरेसन झन्डै एक घन्टा चलेको थियो।

‘नौ महिना भइसकेको र बच्चाको तौल एक्कासी बढेपछि अपरेसन गर्न सुझाव दिएका थियौं। रक्तस्राव धेरै भएकोले आराम चाहिन्छ। औषधी पनि दिएका छौं,’ चिकित्सक ममताले भनिन्।

खानापिनमा झोल पदार्थलाई प्राथमिकता दिइएको छ। ‘अब छोराको हेरचाहमा समय दिनुपर्ने र पहिलकै अवस्थामा फर्कन केही समय लाग्ने हुँदा एक वर्ष फिल्मबाट टाढा रहने सोचमा छु,’ ऋचाले भनिन्। असार १७ मा ‘तुलसी’ फिल्म रिलिज गर्न उनका पति न्वारान सिध्याएर अमेरिका जानेछन्।

निर्देशक शंकर घिमिरे भन्छन्, ‘शल्यक्रिया गरेको १५ मिनेटमै मलाई बच्चा दिइयो। आफ्नो सन्तानको माया लागेरै होला रातभर केही भयो कि छोरालाई भनेर स्याहार गरिरहेको थिएँ।’

‘तुलसी’ अमेरिकाको २२ वटा सहरमा लाग्ने उनले जानकारी दिए। ‘केही वर्ष छोराकै हेरचाहमा लाग्ने छौं। शंकर र ऋचा तीन वर्षअघि वैवाहिक सम्बन्धमा बाँधिएका थिए।

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.