Daily Archives: 26/06/2012

नेपाल यु-१९ क्रिकेटको समूह चरणवाटै बाहिरियो


भारतसंग ८१ रनले पराजित
१२ असार, काठमाण्डौं – मलेसियामा जारी एसीसी अण्डर -१९ एसिया कप क्रिकेटमा आफ्नो अन्तिम नेपाल भारतंग ८१ रनले पराजित भएपछि नेपाल समूह चरणवाटै बाहिरिएको छ । क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा वर्षाका कारण खेल ४७ ओभरमा छोट्टाइएको खेलमा १ सय ७३ रनको लक्ष्य पछ्याएको नेपाल २७ दशमलब ३ ओभरमा ९१ रनमै समेटिएपछि नेपाल समूह चरणवाटै बाहिरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्री उम्मेदवार दिन कांग्रेसलाई सात दिनको म्याद


काठमाडौं, असार १२  – एमाले सचिव शंकर पोखरेलले कांग्रेसलाई सहमतिको प्रधानमन्त्री उम्मेदवार प्रस्तुत गर्न एक साताको म्याद दिएका छन्। त्यसभित्र नाम नदिए एमालेले विकल्प दिने उनको भनाइ छ।  ‘कांग्रेसको नेतृत्वमा कूनै विवाद छैन, तर उसले उमेदवारी तय नगर्ने हो भने अरु दलको नेतृत्वमा सहमति गर्नुपर्छ,’ राजधानीमा सोमबार आयोजित साक्षात्कारमा सचिव पोखरेलले भने, ‘यसरी कामचलाउ सरकारलाई लामो समय राखिरहन मिल्दैन।’ पढ्नेक्रम जारी राख्नुहोस्

ऋचा छक्क परिन्- यो मेरै पेटबाट निस्केको छोरा हो ?


काठमाडौं, असार १२ – आइतबार बिहान छोरा जन्माएकी अभिनेत्री ऋचा घिमिरेलाई भेट्न राजधानीको ओम अस्पतालमा सोमबार कलाकारको भीड लाग्यो। ‘यो मेरै पेटबाट निस्केको छोरा हो भनेर एकछिन छक्क परेकी थिएँ,’ ऋचाले ठट्टा गरिन्। उनी बुधबार डिस्चार्ज हुनेछिन्। रक्तचाप अत्याधिक फेरबदल भएपछि चिकित्सक ममता बरालको सल्लाह अनुसार शनिबार उनलाई अस्पताल भर्ना गरिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

एसीसी यु १९ एसिया कपः नेपालद्वारा भारत १७६ मा अल आउट


काठमाडौं, असार १२ – मलेसियामा भइरहेको  एसिसी यु-१९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई १७६ रनमा अल आउट गरेको छ। टस जिती फिल्डिङ रोजेको नेपालले खेल सकिन २८ बल बाँकी रहँदा भारतका सबै विकेट झारेको हो।    भारतको विकेट झार्ने क्रममा भुवन कार्की र राहुल विश्वकर्माले सर्वाधिक तीन विकेट लिएका हुन्। त्यसैगरी सागर पुनले दुई विकेट लिए। पृथु बाँस्कोटा र अविनाश कर्णको नाममा एक-एक विकेट रह्यो। पढ्नेक्रम जारी राख्नुहोस्

ओलम्पिकमा भाग लिने खेलाडीहरु प्रशिक्षणका लागि जाँदै


१२ असार, काठमाडौं – लण्डन ओलम्पिकमा भाग लिने नेपाली खेलाडीहरु प्रशिक्षणका लागि मंगलबार लण्डन प्रस्थान गर्दैछन् ।टोलीमा एथलेटिक्सका प्रमिला रिजाल र तिलकराम थारु, तथा पौडीका श्रेया धिताल र प्रसिद्धजंग राणा र सुटिङकी स्नेहा राणा छन् । करिब एक महिनको प्रशिक्षण पश्चात नेपाली टोलीले ओलम्पिकमा सहभागीता जनाउने छन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेविसंघले देशभरका क्याम्पसमा चक्का जाम गर्ने


१२ असार, काठमाण्डौं – प्रधानमन्त्रीको राजीनामा माग्दै विभिन्न आन्दोलन गर्दै आएको नेपाली कांग्रेसको भ्रातृसस्था नेपाल विद्यार्थी संघले आज देशभरका क्यापस अगाडी प्रदर्शन गर्ने भएको छ । सरकार विरोधी अभियान अन्तर्गत आज विहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा देशभरीका क्याम्पस अगाडीका सडकमा चक्का जाम गर्ने नेवि संघले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

डोटीमा माइक्रोबस दुर्घटना, १० जनाको मृत्यु


माइक्रोबस गाडी डडेलधुराबाट महेन्द्रनगर जाँदै थियो
१२ असार, काठमाण्डौ – डडेलधुराबाट महेन्द्रनगर जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । मृत्यु भएका मध्ये भारतीय नागरिक सीता हुसेनको मात्र सनाखत भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्