अवैधानिक रुपमा सञ्चालित ५ मेनपावरमा ताला


११ असार, झापा – वैदेशिक रोजगार विभागको अनुगमन टोलीले अवैधानिक रुपमा सञ्चालनमा रहेका झापा विर्तामोडका ५ वटा मेनपावरमा ताला लगाई शिलबन्दी गरेको छ । बैदेशिक रोजगार ऐन विपरित सञ्चालनमा रहेका एलायन्स हृयुमन रिसोर्स प्रा. लि., सप्तकोशी मेनपावर, प्रयास श्री इम्प्लोइमेन्ट ट्रस्ट नेपाल, वेभ ओभरसिज, एमविके ओभरसिज प्रा.लि.मा अनुगमन टोलीले आईतबार ताला लगाएको हो ।

अनुगमन टोलीले विर्तामोड क्षेत्रका १४ वटा मेनपावरमा अनुगमन गरेकोमा १० वटालाई छानबिन प्रक्रियामा राखी कारबाही अघि बढाएको छ । ती मेनपावर कम्पनीहरुबाट उक्त टोलीले ५० वटा राहदानी समेत नियन्त्रणमा लिएको थियो ।

विर्तामोडका अन्य केही मेनपावर कम्पनी भने अनुगमन टोली आएको थाहा पाएर कार्यालय नै बन्द गरेपछि अनुगमनकार्य नै प्रभावित भएको बताईएको छ । झापाको विर्तामोडमा मात्रै ५० वटा भन्दा बढी मेनपावर कम्पनीहरु सञ्चालनमा रहेका छन् ।

Source: Onlinekhabar
 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.