यु-१९ क्रिकेटमा नेपालद्धारा मलेसिया १ सय ७ रनले पराजित


१० असार, काठमाण्डौं – मलेसियामा जारी एसीसी अन्डर १९ एशिया कप क्रिकेटमा नेपालले मलेसियालाई १ सय ७ रनले पराजित गरेको छ ।  क्वावालम्पुरस्थित रोयल सिलांगर क्रिकेट क्लबमा २ सय ८४ रनको विजयी लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको मलेसियालाई ४३ ओभरमा १ सय ४० रन अलआउट गर्दै नेपाल विजयी भएको हो ।

यसअघि टस जितेर पहिले व्याटिङमा गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै दुई सय ४७ रन वनाएको थियो । नेपालका लागि सागर पुनले ७१, राजेश पुलामी र प्रदीप एरीले ३९-३९ रन जोडे । त्यस्तै सुवास खकुरेलले ३३ रन जोडे । नरेश वुढाएरले  ४ भूवन कार्की २३ रनमा नट आउट रहे भने हसिम अन्सारीले मात्र २१ रन जोड्दा कप्तान पृथु बाँस्कोटा भने खाता नै पेविलियन फर्के  ।

यसअघि शनिवार भएको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ८ विकेटले पराजित भएको  थियो । नेपालले भोली सोमवार बलियो प्रतिद्धन्द्धी भारतको सामना गर्नेछ ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.