९ असार, काठमाण्डौ । मलेशियामा आजदेखि सुरु भएको एसीसी अण्डर-१९ एसिया कप क्रिकेटमा नेपालल पाकिस्तानसामू १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । वायोमास ओभलमा टस हारेर पहिले व्याटिङ थालेको नेपालले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ५६ रन बनाउन सक्यो । नेपालका लागि नरेश बुढाएरले सर्वाधिक ३४ रन जोडे भने कप्तान पृथु बास्कोटाले २८ र राजेश पुलामी मगरले २३ रन जोडे ।
यस्तै प्रदिप ऐरी १८, राहुल विश्वकर्मा १३, सागर पुन ७, सुवास खकुरेल ६, अविनाश कर्ण २ र सौरभ खनाल १ रनमा नै पभेलियन फर्किए भने भुवन कार्कीले खाता नै खोल्न सकेनन् । कृष्ण कार्की ८ रनमा अविजित रहे । जवाफमा पाकिस्तानले केहीबेरमा व्याटिङ थाल्नेछ
Source: Onlinekhabar