दीपक मनाङ्गे सहित ६४ जना गुण्डागर्दीमा संलग्नहरू पक्राउ


काठमाडौ, असार ९ – राजधानीमा शंकास्पद गतिविधि बढेको भन्दै नेपाल  प्रहरीले शनिबार बिहान ६४ जना डन र गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।बिहान चार बजेको सर्च अभियानमा ६४ जना डन र गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए ।

उनका अनुसार यसरी पक्राउ पर्नेहरूमा दीपक मनाङ्गे, बाघे लामा, कुमार घैंटे, शशि अधिकारी, पञ्चे लामा, चरी भनिने दिनेश अधिकारी, दावा लामा, तेजेन्द्र गुरुङलगायत छन् । उनीहरूबाट प्रहरीले खैरो हिरोइनसमेत बरामद गरेको छ ।

प्रवक्ता सिंहका अनुसार सर्च अभियान जारी रहेका कारण बेलुकासम्म पक्राउ पर्नेहरूको सङ्ख्या अझै बढ्न सक्छ ।

पछिल्ला दिनहरूमा राजधानीमा गुण्डागर्दी र अपराधको क्रम बढेको भन्दै प्रहरीले आकस्मिक रूपमा यो अभियान सञ्चालन गरेको हो । यो क्रम निरन्तर एक हप्तासम्म जारी रहने बताइएको छ ।

समातिएका सवै राजधानीलगायत मुलुकका विभिन्न स्थानमा गुण्डागर्दी र लुटपाटमा संलग्न रहँदै आएका कुख्यात डनहरू रहेको प्रवक्ता सिंहको भनाइ छ । एकैपटक ठूलो सङ्ख्यामा डनहरू  समातिएको यो पहिलो पटक हो ।

Source: ekantipur

One response to “दीपक मनाङ्गे सहित ६४ जना गुण्डागर्दीमा संलग्नहरू पक्राउ

  1. aba ie sabailai mirtu dhanda deya huncha tas pachi ball gunda gardi banda huncha

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.