Daily Archives: 23/06/2012

दीपक मनाङ्गे सहित ६४ जना गुण्डागर्दीमा संलग्नहरू पक्राउ


काठमाडौ, असार ९ – राजधानीमा शंकास्पद गतिविधि बढेको भन्दै नेपाल  प्रहरीले शनिबार बिहान ६४ जना डन र गुण्डागर्दीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ ।बिहान चार बजेको सर्च अभियानमा ६४ जना डन र गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

सहमति कायम गरि अघि बढ्नुस् : राष्ट्रपति


९ असार, काठमाण्डौं – राष्ट्रपति डाक्टर रामवरण यादवले मुलकको राजनैतिक निकास दलहरुबीचको सहमतिबाट मात्र हुने बताउनुभएको छ । संक्रमणकालमा रहेको देशलाई निकास दिन दलहरु एक भएर अघि बढ्नुपर्ने भन्दै उहाँले आपसमा सहमति कायम गरी मुलुकलाई निकास दिन दलहरुलाई आग्रह गर्नुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालद्धारा पाकिस्तानसामू १ सय ५७ रनको लक्ष्य प्रस्तुत


९ असार, काठमाण्डौ । मलेशियामा आजदेखि सुरु भएको एसीसी अण्डर-१९ एसिया कप क्रिकेटमा नेपालल पाकिस्तानसामू १ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । वायोमास ओभलमा टस हारेर पहिले व्याटिङ थालेको नेपालले ४६ दशमलव १ ओभरमा  सबै विकेट गुमाएर १ सय ५६ रन बनाउन सक्यो । नेपालका लागि नरेश बुढाएरले सर्वाधिक ३४ रन जोडे भने कप्तान पृथु बास्कोटाले २८ र राजेश पुलामी मगरले २३ रन जोडे । पढ्नेक्रम जारी राख्नुहोस्

चार गोल ठोक्दै जर्मनीले ग्रीसलाई घर फर्कायो


गडान्स्क, असार ९ (एजेन्सी)- फिलिप लाहम, सामी खेदिरा, मिरोस्लाभ क्लोस र मार्को रेयसले क्रमैसँगै चार गोल ठोकेर सन् २००४ को युरो कप विजेता ग्रीसलाई जर्मनीले क्वार्टरफाइनलबाटै घर फर्काएको छ। ८ वर्षअघिको चमत्कार दोहोर्‍याउने ग्रीसको चाहनालाई जर्मनीले हिजो ४-२ले पराजित गरी असफल बनाएको हो। यद्यपि गडान्स्कको मैदानमा केही समयका लागि ग्रीसले जर्मनीसित बराबरी भने खेलेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

अतिकम विकसित मुलुकको विकासमा सहयोग गर्न प्रधानमन्त्रीको आह्‍वान


रियो दे जेनेरियो (ब्राजिल), असार ८- प्रधानमन्त्री बाबुराम भट्टराईले अतिकम विकसित राष्ट्रहरुले जलवायु परिवर्तनका गम्भीर र असमान प्रभावलगायतका गम्भीर वातावरणीय चुनौतीको सामना गर्नु परिरहेको बताएका छन्। राष्ट्रसङ्घीय दीगो विकाससम्बन्धी सम्मेलनका क्रममा आयोजित अतिकम विकसित राष्ट्रको बेग्लै सम्मेलनमा उद्‍घाटन मन्तव्य राख्दै प्रधानमन्त्री भट्टराईले रियो सम्मेलनले समावेशी, दीगो र अग्रगामी विश्वव्यापी विकास एजेन्डाका निम्ति नयाँ युगको सूत्रपात गर्ने विश्वास व्यक्त गरे। पढ्नेक्रम जारी राख्नुहोस्