Daily Archives: 17/06/2012

नेपाल मगर सँघ बिशुद्द जातिय सामाजिक संस्था हो -महेन्द्र थापा मगर/ केन्द्रिय अध्यक्ष, नेपाल मगर सँघ


ईन्द्र भुषाल/शिवराम पौडेल, कुवेत

कुवेतमा अस्ती १५ जून २०१२ का दिन सम्पन्न भएको मगर सँघ कुवेतको प्रथम अधिबेशन समारोह-२०१२ मा प्रमुख अतिथिको रुपमा नेपाल देखी पाल्नु भएका नेपाल मगर सँघका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगर ज्यू सँग आज १६ जूनमा कुवेतबाट सञ्चालित हुने दुईवटा अनलाईन नेपाली मिडिया कुवेतनेपाल डटकम र नेपालकुवेत डटकमका सञ्चारकर्मीहरुले भेटवार्ता गरेका छन । भेटमा नेपालको बर्तमान राजनीतिक अवस्था आउनुको कारण, यो अवस्था हुनुका दोषिहरु, नेपालमा चर्केको जातिय आन्दोलन र त्यसको आवश्यकताको साथमा कुवेतमा आउँदा सम्मेलनमा भएका गतिबिधीको अनुभबको ’boutमा सञ्चारकर्मीहरु सँघ ब्यापक छलफल भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आङ्काजीलाई एमालेले निकालेकोमा जनाजाति महासंघको आपत्ति


काठमाडौं, अषाढ ३ – नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले महासचिव आङ्काजी शेर्पालाई एमालेले निश्कासन गरेकोमा आपत्ति जनाएका छन् ।माओवादीको सभामा वक्ता बनेको भन्दै शेर्पालाई निश्कासन गरिएको दाबी गर्दै लेखीले आदिवासी जनजाति महासंघमा दलीय आधारमा प्रतिनिधित्व नभएको स्पष्ट पारेका छन् । ‘महासंघ न एमालेको भ्रातृ संगठन हो,’ लेखीले लेखेका छन्, ‘न अन्य कुनै राजनीतिक दलको ।’ पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिलाई अभिभावकीय भूमिका निर्वाह गर्न कांग्रेस-एमालेको आग्रह


सबै दल एक ठाउँमा उभिनुको विकल्प छैन : दाहाल

काठमाडौं, असार ३- प्रमुख तीन दलका शीर्ष नेताहरुले मुलुकलाई संवैधानिक गतिरोधको अवस्थाबाट शीघ्र निकास दिन आफूहरु सहमतिको प्रयासमा रहेको बताएका छन्। सामूहिक भेटवार्तापछि पुनः राष्ट्रपतिसँग एक्लै भेटवार्ता गरेका एमाले अध्यक्ष खनालले एमाओवादीको अध्यादेशका आधारमा शासन गर्ने पद्धतिप्रति सबै दलको गम्भीर आपत्ति रहेको बताए। पढ्नेक्रम जारी राख्नुहोस्