Daily Archives: 15/06/2012

मगर सँघ कुवेतको प्रथम अधिबेशन-२०१२ भव्य रुपमा सञ्चालन हुँदै..


मगर सँघ कुवेतको अध्यक्षमा मित्र सिंजालीमागर निर्वाचित, ४ सल्लाहाकारसहित २७ सदस्यिय कार्यकारिणी समिति चयन

उपाध्यक्ष प्रथममा मनु भुजेलमगर, उपाध्यक्ष दित्तियमा हिरा दर्लामीमगर, आरक्षण महिला उपाध्यक्षमा सुश्री किरण आलेमगर, सचिवमा जय आले मगर, सह-सचिवमा शैलेन्द्र थापा मगर र कोषाध्यक्षमा बसन्त थापा मगर निर्वाचित ।

कुवेतनेपाल, एड्मिन

मगर सँघ तदर्थ समिति कुवेतको आयोजना, सँघमा सम्योजक श्री मित्र सिंजाली मगरको सभापतित्व र नेपाल मगर सँघका केन्द्रिय अध्यक्ष श्री महेन्द्र थापा मगरको प्रमुख आतिथ्यतामा कुवेतको होटल एशिया एशियामा करिब ६००-७०० जना कुवेतवासी मगरहरुको खचाखच उपस्थितिमा मगर सँघ कुवेतको प्रथम अधिबेशन समारोह भव्यताका साथ सञ्चालन भई रहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

२ महिनासम्म निदाउने किशोरी


कुम्भकर्ण भन्ने पात्र वर्षमा ६ महिना सुत्ने र ६ महिना उठ्ने गरेको कुरा हामीले कथाहरुमा सुन्ने गरेका छौँ । तर यो कलियुगमा समेत त्यस्ता मान्छे हुँदारहेछन् जो २ महिनासम्म निदाउँछन् । यद्यपि सद्धे मान्छे यसरी निदाइरहन सक्दैनन् । स्नायुसम्बन्धी रोगका कारण यस्तो हुँदो रहेछ । पढ्नेक्रम जारी राख्नुहोस्

फुटबल फ्यानले रंगशालामै स्तन चुसेपछि…(वयस्कका लागि मात्र)


चालु युरोकप फुटबल आफ्नो देशले जितोस् भन्दै एक जर्मन मोडेल केही दिन अघि नांगिएको खबर हामीले प्रस्तुत गरेका थियौँ ।युरोकपको ज्वरोले ती मोडेललाई मात्र होइन अरु धेरैलाई चौपट पारिसकेको छ ।युरोकपमा आफ्नो टोलीलाई हौसाउन भन्दै एक आयरल्याण्डका एक युवा समर्थकले रंगशालामै महिलाहरुको स्तन चुसेका छन् ।

इयामोन कीगन नामका ती युवा विद्यार्थीले क्रोयसियाकी एक महिलाको स्तन चुसिरहेको दृश्य इन्टरनेट मार्फत सार्वजनिक भएपछि त्यसले ठूलो चर्चा पाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी विभाजन रोकिएला?


किशोर नेपाल, असार १- ठूला परिवर्तनपछि आफ्नो राजनीतिक महत्वाकांक्षा तुष्टि हुन सकेन भने दलका नेताहरू विभाजनको बाटो खन्न थाल्छन्। दक्षिण एसियाली नेताहरूमा यस्तो प्रवृत्ति अलि बढी नै छ। भारतका राजनीतिक दलहरू विभाजन र एकताको मामिलामा धेरै नै अघि बढेका छन्। आर्थिक उदारवादको सफल प्रयोगपछि मात्र विभाजनको प्रवृत्ति एक हदसम्म कम भएको छ। विकासशील देशका दलहरूभित्र एकता र विभाजनको मुख्य कारक तत्व देशमा व्याप्त शोषण र गरिबी हो। पढ्नेक्रम जारी राख्नुहोस्

स्पेनद्वारा अयारल्याण्ड ४–० ले पराजित


क्वाटरफाइनलनजिक
जीडेन्स्क , अषाढ १ – फर्नान्डो टोरेसको उत्कृष्ट लयमा फर्केको संकेत दिँदै दुई गोल गरेपछि डिफेन्डिङ च्याम्पियन स्पेनले आयरल्यान्डलाई युरो कप २०१२ मा ४-० ले बिहीबार पराजित गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बाँकेमा आगलागी, ३५ घर जले


१ असार, बाँके – बाँकेको मटैया गाविस-८ मा शुक्रबार भएको आगलागीबाट ३५ वटा घर जलेर नष्ट भएका छन् क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ । स्थानीय जलाल खाँको घरबाट सुरु भएको आगलागी नियन्त्रण गर्न सदरमुकाम नेपालगन्जबाट दमकल गएको छ । सरमुकामबाट ५० किमीको दुरीमा रहेको उक्त स्थलमा दमकल जान ढिलो हुँदा बढी क्षति भएको स्थानियबासीको भनाई छ । पढ्नेक्रम जारी राख्नुहोस्

स्वर्गिय न्यायाधीश बमलाई शहीद घोषणा


तीन सदस्यीय चाँजबुझ आयोग गठन
१ असार, काठमाण्डौं –  अज्ञात समूहले गोली हानी हत्या गरिएका सर्वोच्च अदालतका न्यायाधीश स्वर्गिय रणबहादुर बमलाई सरकारले शहीद घोषणा गरेको छ । मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार विहान बसेको मन्त्रिपरिषदको बैठकले स्वर्गिय बमलाई सहिद घोषणा गर्दै पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिर्ने निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्