जर्मनी युरोकपको क्वाटरफाइनल नजिक


३२ जेठ, काठमाण्डौं – जर्मनी युरो कप फुटबलको क्वाटरफाइनल नजिक पुगेको छ । गएराति भएको समूह चरणको दोस्रो खेलाम नेदरल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको जर्मनी २ खेलबाट ६ अंकसहित समूह बी को शीर्ष स्थानमा छ ।

समूह चरणको दुबै खेल गुमाएको नेदरल्याण्डको अघि अघिल्लो चरण प्रवेश निकै कठिन भएको छ । नेदरल्याण्डको अघिल्लो चरण प्रवेशका लागि अब समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई फराकिलो गोल अन्तरले पराजित गरेर मात्र पुग्दैन, जर्मनीले डेनमार्कलाई त्यसरी नै हराउनु पर्छ ।

निकै रोमाञ्चक खेलको जर्मनीले २४ औं मिनेटमा मारियो गोमेजको गोलबाट अग्रता लिएको थियो । गोमेजले खेलको ३८ औं मिनेटमा व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै जर्मनीको अग्रतालाई दोब्बर पारेका थिए ।

दोस्रो हापको ७३ औं मिनेटमा रोबिन भानपर्सीले नेदरल्याण्डसका लागि गोल गर्दै खेलमा फर्काउने कोशिस गरेपनि हार टार्न सकेनन । यसैगरी गएराति नै भएको पहिलो खेलमा निकै रोमान्चक खेलमा पोर्चुगलले डेनमार्कमाथि ३-२ को जित हात पारेको छ । जितसँगै २ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा उक्लिएको पोर्चुगलको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ ।

प्रतियोगिता अन्तर्गत आज राति हुने खेलमा इटाली र क्रोयशिया भिड्ने छन् भेन स्पेनले आयरल्याण्डसँग प्रतिश्पर्धा गर्नेछ । पहिलो खेलमा आयरल्याण्डलाई पराजित गरेको क्रेएशिया ३ अकसहित शीर्ष स्थानमा छन् भने पहिलो खेलमा बराबरी खेलेका स्पेन र इटलीको समान १-१ अंक रहेको छ ।

Source: Onlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.