Daily Archives: 14/06/2012

नेपाल मगर सँघका केन्द्रिय अध्यक्ष महेन्द्र थापामगर कुवेत आईपुगे, एयरपोर्टमा भव्य स्वागत


कुवेतनेपाल, एड्मिन

नेपाल मगर सँघ, कुवेत तदर्थ समितिको आयोजनामा भोली १५ जून २०१२ का दिन, कुवेतको होटल एशिया-एशियामा दिनको ठिक २.०० बजेदेखी शुरु हुन गै-रहेको कुवेतवासी मगरहरुको प्रथम अधिवेशन समारोह-२०१२ लाई औपचारिक सम्बोधन गर्न नेपाल मगर सँघ केन्द्रिय समितिको तर्फबाट अध्यक्ष श्री महेन्द्र थापामगर आज दिनको ठीक ३.०० बजे कुवेत आईपुग्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रबासमा सामाजिक कार्यको अर्को नमुना, तमु समाज कुवेतले मानविय कार्यमा पाईला बढाउदै


ईन्द्र भुसाल ,कुवेत

आफु जन्मेको ठाउँ,जन्मदिने माता पिता ,आफ्नो जीवन साथी अनी सानु उमेरका छोराछोरीहरुलाई छाडेर केवल धन कमाउनको लागि बिदेशिने  हामी लाखौं नेपालीहरु अनेक सपना साचेर प्रबासमा आएका हुन्छौ ।  आफ्नो उज्ज्वल भबिष्यको लागि सपना त छ नै परिवारका सम्पूर्ण सदस्य लाई खुशी दिने ईच्छा पनि हामीमा रहेको हुन्छ तर प्रबासमा कमाउदै गर्दा र रमाउदै गर्दा जिन्दगीको कुन मोडमा समस्या आउछ हामीलाई कुनै थाहा हुँदैन । राम्रो गर्ने चाहना राख्दा राख्दै र असल बाटोमा हिड्दा हिड्दै अचानक अश्वस्थ भईन्छ पढ्नेक्रम जारी राख्नुहोस्

कबिता


डम्बर जङ मल्ल   

बिन्ती यो कुरा सबैलाई।
पुर्याइदिन खबर मेरो मायालुलाई
छिया छियाको यो मेरो मुटु
तहस नहस भयो मेरो मस्तिष्क
मिलनमा बिछोड को बेदना
उसलाई होइन मलाई यहाँ किन पढ्नेक्रम जारी राख्नुहोस्

जर्मनी युरोकपको क्वाटरफाइनल नजिक


३२ जेठ, काठमाण्डौं – जर्मनी युरो कप फुटबलको क्वाटरफाइनल नजिक पुगेको छ । गएराति भएको समूह चरणको दोस्रो खेलाम नेदरल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरेको जर्मनी २ खेलबाट ६ अंकसहित समूह बी को शीर्ष स्थानमा छ । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्ने


किरण चापागाइँ, काठमाडौँ, जेठ ३२- विपक्षी दलहरुले विरोध गरिरहे पनि राष्ट्रपति रामवरण यादवले सम्पति शुद्धिकरण (एन्टी मनी लाउन्डरिङ)सँग सम्बन्धित तीन वटा अध्यादेशलाई अनुमति दिने तयारी गरेका छन्।  राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनले अरु अध्यादेश भने राजनीतिक सहमतिबाट ल्याउनु पर्ने सल्लाह दिनेछन्।
 सम्पति शुद्धिकरण सम्बन्धी तीन वटा अध्यादेश पारित नभए रोममा आउँदो जुन १८ मा हुने फाइनान्सियल एक्सन टास्क फोर्सको बैठकले नेपाललाई कालो सुचीमा राख्दैछ। त्यसबाट जोगिन अध्यादेश जरुरी रहेकोमा राष्ट्रपति विश्वस्त रहेको स्रोत बताउँछ। पढ्नेक्रम जारी राख्नुहोस्

एसएलसी परिणाम : दुई खर्ब लगानी, बालुवामा पानी


दीपक दाहाल, काठमाडौं, जेठ ३२- २०६८ सालको एसएलसीमा आधाभन्दा बढी अर्थात् ५२.८४ प्रतिशत विद्यार्थी फेल भए। दुई वर्षयता करिब आठ प्रतिशतभन्दा बढीले पास दर घटिरहेको छ। सरकारले दस वर्षे विद्यालय शिक्षाका लागि ४ खर्बभन्दा बढी खर्च गर्दै आएको छ। ‘दस वर्षसम्म पढाएपछि २-४ प्रतिशत फेल भए पनि बाँकीचाहिँ पास हुनुपर्ने हो,’ शिक्षाविद् मनप्रसाद वाग्ले भन्छन्, ‘आधाभन्दा बढी फेल भएपछि २ खर्बभन्दा बढी रकम खेर गएको मान्नुपर्छ।’ पढ्नेक्रम जारी राख्नुहोस्