भारतीय क्रिकेट स्टार धोनी शनिबार नेपाल आउने


काठमाडौं, जेठ ३१ – भारतीय कप्तान महेन्द्रसिंह धोनीको नेपालको यात्रा एक दिन पछाडि सरेको छ। यसअघि धोनी शुक्रबार काठमाडौं आएर शनिबार भारत फर्किने बताइएको थियो। नया तालिकाअनुसार धोनी शनिबार विहान काठमाडौं आएर भोलिपल्ट फर्किने भएका छन्।

 
‘हामी नेपाली युवासँग जोडिन चाहान्थ्यौं, त्यसमा खेलकुद सही माध्यम हो। धोनीको नेपाल भ्रमण पनि यही कारण नै हो,’ भारतीय दुताबासकी प्रथम सचिव अपूर्वा श्रीवास्तवले भनिन्, ‘भारतमा आइपिएल पनि सकिएको र नेपाली यु-१९ टोली पनि विदेश खेल्न जान लागेकाले धोनीको नेपाल भ्रमण राम्रो समयमा जुरेको छ। नेपाली क्रिकेटको विकासका लागि उनी यहाँ आउन लागेका हुन्, यो उनको निजी भ्रमण होइन्।’
नेपाल ओर्लिएपछि शनिबार नै उनले कीर्तिपुर मैदानमा नेपाली यु-१९ र राष्ट्रिय टोलीका खेलाडी, नेपाल क्रिकेट संघका अधिकारीसँग भेट गर्नेछन। भारतलाई २००७ को विश्व ट्वान्टी-२० र २०११ मा विश्वकपको उपाधि दिलाएका धोनी आइतबार पशुपतिनाथको दर्शनसँगै भारत फर्किने छन्। नेपाली यु-१९ टोली जुन २२ बाट सुरु हुने एसिया कप खेल्न मलेसिया जानेक्रममा छ।
‘नेपाली यु-१९ टोलीले संयोगले पहिलो खेल भारतसँग खेल्दै छ। धोनीसँगको भेटले हाम्रा खेलाडीलाई फाइदा पुग्ने विश्वास हामीले लिएका छौं,’ भारतीय दुताबाससँगको संयुक्त पत्रकार सम्मलेनमा नेपाल क्रिकेट संघ (क्यान) का महासचिव एवंम प्रवक्ता अशोकनाथ प्याकुर्‍यालले भने, ‘भारतीय क्रिकेटसँग कसरी टाइअप गर्न सकिन्छ भनेर हामी धोनीसँग छलफल गर्नेछौं।’ उनले नेपाल पुलिस र सशस्त्र प्रहरीसँग उनको सुरक्षाको विषयमा छलफल भइरहेको र भारतीय दुताबासले पनि आफ्नै हिसाबले तयारी गरिरहेको उनले जानकारी दिए।
क्यान अध्यक्ष टंक आङबुहाङले नजिकको छिमेकी भए पनि यसअघि भारतसँग क्रिकेट कुटनितीज्ञ सम्बन्ध हुन नसकेकाले धोनीको भ्रमण त्यसको सुरुवात भएको बताए। उनले भने, ‘नेपाली क्रिकेटको संस्थागत विकासको सम्बन्ध स्थापित गर्न धोनीको भ्रमणलाई लिएका छौं।’

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.